लेप्चा समुदायको परम्परागत सङ्गीत वाद्ययन्त्र 'तुङबुक' र 'पुन्टोङ पालित' ले पायो जीआई ट्याग, मुख्यमन्त्रीले दिए बधाई
Tungbuk and Puntong Palit


Tungbuk and Puntong Palit


Tungbuk and Puntong Palit


गान्तोक, 13 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले लेप्चा समुदायको परम्परागत सङ्गीत वाद्ययन्त्र 'तुङबुक' र 'पुन्टोङ पालित' ले जियोग्राफिकल इन्डिकेशन (जीआई) पञ्जीकरण प्राप्त गरेको गौरवशाली उपलब्धिमा सिक्किमको लेप्चा समुदायलाई हार्दिक बधाई दिएका छन्।

मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा भने, 'भारत सरकारद्वारा प्रदान गरिएको यो मान्यता हाम्रो राज्यको लागि अत्यन्तै गौरवको क्षण हो र सिक्किमको समृद्ध सांस्कृतिक सम्पदाको प्रमाण पनि हो। यसले लेप्चा समुदायको कलात्मक र आध्यात्मिक विरासतलाई मात्र सम्मान गर्दैन, तर भावी पुस्ताका लागि स्वदेशी परम्पराहरूको संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो सामूहिक संकल्पलाई पनि बलियो बनाउँछ।'

मुख्यमन्त्रीले यस उल्लेखनीय उपलब्धिमा योगदान पुर्‍याउने सबैको प्रशंसा गर्दै राज्यका आदिवासी समुदायहरूलाई हरेक सम्भव तरिकाले सहयोग गर्दै सिक्किमको विविध सांस्कृतिक पहिचानको रक्षा गर्ने सरकारको प्रतिबद्धता पुन: पुष्टि गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande