भारतीय सेनाका अधिकारी लेफ्टिनेन्ट जनरल मानले मुख्यमन्त्रीसॅंग शिष्टाचार भेट गरे
भारतीय सेनाका अधिकारी लेफ्टिनेन्ट जनरल मानले मुख्यमन्त्रीसॅंग शिष्टाचार भेट गरे


गान्तोक, 13 नोभेम्बर (हि.स.)। भारतीय सेनाको ३३ कोरका जनरल अफिसर कमान्डिङ लेफ्टिनेन्ट जनरल मनराज सिंह मानले आज मुख्यमन्त्री प्रेमसिंह तामाङलाई मिन्तोकगाङमा शिष्टाचार भेट गरे।

मुख्यमन्त्री कार्यालय अनुसार, यस भेटको क्रममा मुख्यमन्त्री र जीओसीले सिक्किमको सीमावर्ती क्षेत्रको सुरक्षा, विकास र कल्याणसँग सम्बन्धित पारस्परिक हितका विषयमा छलफल गरे। मुख्यमन्त्रीले राष्ट्रको सीमानाको रक्षामा भारतीय सेनाको समर्पण र सेवा तथा यस क्षेत्रमा शान्ति र स्थिरता सुनिश्चित गर्न उनीहरूको महत्त्वपूर्ण भूमिकाको सराहना गरे।

लेफ्टिनेन्ट जनरल मानले राज्य सरकारद्वारा सेनालाई प्राप्त भइरहेको निरन्तर सहयोग र समर्थनको लागि मुख्यमन्त्रीलाई कृतज्ञता व्यक्त गरे। उनले आवश्यकताको समयमा सद्भाव कायम राख्न र नागरिक प्रशासनलाई सहयोग गर्ने भारतीय सेनाको प्रतिबद्धतालाई पुन: दोहोऱ्याए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande