मुख्यमन्त्रीले सीमा समन्वयलाई सुदृढ़ पार्न एसएसबीका डीआईजीसॅंग भेट गरे
मुख्यमन्त्रीले सीमा समन्वयलाई सुदृढ़ पार्न एसएसबीका डीआईजीसॅंग भेट गरे


गान्तोक, 13 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज आफ्नो सरकारी निवास मिन्तोकगाङमा सशस्त्र सीमा बल (एसएसबी) गान्तोकका डीआईजी मनीष कुमारसॅंग भेट गरे। गान्तोकस्थित एसएसबी सेक्टर मुख्यालयमा डीआईजी कुमारले हालै कार्यभार सम्हालेपछि शिष्टाचार भेटको क्रममा यो भेट भएको मुख्यमन्त्री कार्यालयले जानकारी गराएको छ।

मुख्यमन्त्रीले अन्तरक्रियाको क्रममा डीआईजीलाई न्यानो स्वागत गरे र भारत-नेपाल सीमा क्षेत्रका बासिन्दाहरूको सुरक्षा र कल्याणमा विशेष ध्यान केन्द्रित गर्दै राज्य सरकार र सशस्त्र सीमा बलबीच समन्वयका विभिन्न पक्षहरूबारे छलफल गरे।

मुख्यमन्त्रीले सिक्किमको सीमावर्ती क्षेत्रहरूमा शान्ति, सतर्कता र सद्भाव कायम राख्न एसएसबीको समर्पित सेवाको लागि हार्दिक प्रशंसा गरे। उनले यी संवेदनशील क्षेत्रहरूमा स्थिरता र जनताको विश्वास सुनिश्चित गर्ने राज्य सरकारसँगै बलको प्रतिबद्धता र घनिष्ठ सहयोगको पनि सराहना गरे।

डीआईजी मनीष कुमारले सिक्किम सरकारद्वारा एसएसबीलाई प्राप्त निरन्तर सहयोगको लागि मुख्यमन्त्रीलाई धन्यवाद दिए। उनले सीमावर्ती समुदायको कल्याण र विकासको लागि नागरिक प्रशासनसँग नजिकको समन्वयमा काम गर्ने बलको प्रतिबद्धता व्यक्त गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande