
फर्रूखाबाद, 14 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको फर्रूखाबाद जिल्लामा पुलिस अधीक्षक कार्यालयमा तैनाथ एक लिपिकलाई शुक्रवार विजिलेन्स टीमले घूस लिएको आरोपमा पक्राउ गऱ्यो।
पुलिस अधीक्षक आरती सिंहले बताइन्, आरोपी सिपाही हरेन्द्र सिंह चौहान पुलिस कार्यालयमा लिपिकको पदमा तैनाथ छ। विजिलेन्स टीमले उसलाई पाँच हजार रूपियाँको घूस लिँदै गरेको रेड ह्याण्डेड पक्राउ गऱ्यो। उसले एक व्यक्तिबाट काम गराउनका सट्टा पैसा मागिरहेको थियो, जसको शिकायत पीड़ितले कानपुर विजिलेन्स टीमसित गरेको थियो। यसपछि एक योजना अन्तर्गत आरोपी सिपाहीलाई समातेर सोधपुछ गरिँदैछ।
हिन्दुस्थान समाचार / भवानी थामी