श्रीनगरको पुलिस स्टेशनमा भएको बम विस्फोटलाई अरविन्द केजरीवालले बताए दुःखदायी
श्रीनगरको पुलिस स्टेशनमा भएको बम विस्फोटलाई अरविन्द केजरीवालले बताए दुःखदायी


नयाँ दिल्ली, 15 नोभेम्बर (हि.स.)। आम आदमी पार्टी (आआपा)- का राष्ट्रिय संयोजक औ दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालले गए शुक्रवार अबेर राती श्रीनगरको एक पुलिस स्टेशनमा भएको बम विस्फोटको खबरलाई दुःखदायी खबर बताउँदै चिन्ता व्यक्त गरे। उनले भने, देशले जवाफ मागिरहेको छ।

अरविन्द केजरीवालले शनिवार सोशल मीडिया एक्सको पोस्टमा लेखे, अबेर राती श्रीनगरको एक पुलिस स्टेशनमा भएको बम विस्फोटको कबर अत्यन्त दुःखद र चिन्ता बढ़ाउने किसिमको छ। धेरैजना बहादुर पुलिसकर्मीहरू शहीद भए भने धेरैजना घाइते भए। परमात्माले शहीदहरूको परिवारहरूलाई यस असहनीय दुःखलाई सहन गर्ने शक्ति दिउन् साथै घाइतेहरूलाई चाँड़ै स्वास्थ बनाइदिउन्। पीड़ित परिवारहरूप्रति संवेदना छ।

केजरीवालले भने, सरकारसित यो प्रश्न गर्न आवश्यक छ कि आखिर देशमा यो के भइरहेको छ? सरकार, सुरक्षा एजेन्सी एवं गुप्तचर तन्त्रले के गरिरहेका छन्? देशको सुरक्षासित यति ठूलो खेलवाड़ कसरी र किन हुन दिरहेको छ? अरविन्द केजरीवालले भने, दिल्ली विस्फोटको गुञ्ज रोकिएकै थिएन देश फेरि अर्को विस्फोटमा जल्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande