
गान्तोक, 15 नोभेम्बर (हि.स.)। गान्तोक जिल्ला प्रशासनले खाद्य सुरक्षा, स्वास्थ्य एवं साफ-सफाई, स्वच्छता र कोटपा एक्टको सम्बन्धमा जारी आफ्नो पहल अन्तर्गत आज राजधानीको एमजी मार्ग र वरपर दोस्रो चरणको निरीक्षण भ्रमण गऱ्यो। गान्तोकका एसडीएमको देखरेखमा सम्पन्न गरिएको निरीक्षणमा सम्बन्धित लाइन विभागका अधिकारीहरू सामेल थिए।
अधिकारीहरूले विभिन्न प्रतिष्ठानहरूको आकस्मिक जॉंच गरेका थिए। उनीहरूले ती प्रतिष्ठानहरूको पनि भ्रमण गरे, जसलाई गत हप्ता निर्देश जारी गरिएको थियो। यस पहलको उद्देश्य गान्तोकलाई राम्रो, सफा र स्वच्छ बनाउनु रहेको जिल्ला प्रशासनले बताएको छ।
हिन्दुस्थान समाचार / बिशाल