अवैध रूपमा बस्दै आएका बंगलादेशी नागरिक सीमा पारि भाग्दा समातिए
अवैध रूपमा बस्दै आएका बंगलादेशी नागरिक सीमा पारि भाग्दा समातिए


कोलकाता, 15 नोभेम्बर (हि.स.)। पश्चिम बंगालमा अवैध रूपमा बस्दै आइरहेको एकजना बंगलादेशी युवकलाई गए शुक्रवार राती त्यसबेला पक्राउ गरियो जतिबेला उसले मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर)-को बढ़्दो दबावको कारणले सीमाना काटेर आफ्नो देश फर्किने चेष्टा गरिरहेको थियो। पुलिसले शनिवार यस आशयको जानकारी गरायो।पक्रा पर्ने युवकको पहिचान दुर्जय रायको रूपमा भएको छ। 28 वर्षीय युवकलाई उत्तर बंगालको कुचबिहार जिल्लाको हल्दीबाड़ी क्षेत्रबाट समातिएको हो। पुलिस जाँचबुझमा उसले स्वीकार गऱ्यो, उ लगभग चार वर्ष अगाड़ि अवैध रूपमा भारतमा आएको थियो। यहाँ बसेर उसले कथित नक्कली दस्तावेजहरूको आधारमा आधार कार्ड र प्यानकार्ड पनि बनाएको थियो।अधिकारीहरूले बताए, शुक्रवार अपरान्हदेखि नै उसलाई सिन्जरहाट क्षेत्रमा संदिग्ध रूपमा घुमिरहेको देखिएको थियो। त्यसपछि मानिसहरूले पुलिसलाई सूचना दिए। देवनगञ्ज आउट पोस्टको टीम घटनास्थलमा पुगेर उक्त युवकसित जाँचबुझ गर्दा युवकले आफूलाई बंगलादेशी बतायो, त्यसपछि उसलाई हिरासतमा लिइयो।पुलिस मुताविक उ बंगलादेशको सिराजजंग जिल्लाको मारदिया गाउँको हो र बितेको चार वर्षदेखिको भारतका विभिन्न चिया बगान अनि होटलहरूमा श्रमिकको काम गर्दै आइरहेको थियो। एसआईआर प्रक्रिया शुरू हुनसाथ उमाथि देश छोड़्ने दबाव बढ़्यो। उसले एकजना दलालको मद्दतले रातीको अँध्यारोमा भारत-बंगलादेश सीमा तरेर फर्किने योजना बनाइरहेको थियो। यसै प्रयासमा उ हल्दीबाड़ी आइपुगेको थियो। फर्किने क्रममा उसलाई पुलिसले समात्यो। जाँचमा उसको कब्जाबाट मोबाइल फोन, आधार कार्ड, प्यान कार्ड, एटीएम र केही नगद जफत गरियो। पुलिसको भनाइ छ, एसआईआर प्रक्रिया शुरू भएदेखि यता सीमा क्षेत्रहरूमा यसरी भाग्नेहरूको संख्या बढ़्दो छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande