“भारतको सभ्यतागत धरोहर एवं धर्म-आधारित सामुदायिक शासन”-माथि डीयूमा सेमिनार आयोजित
“भारतको सभ्यतागत धरोहर एवं धर्म-आधारित सामुदायिक शासन”-माथि डीयूमा सेमिनार आयोजित


नयाँ दिल्ली, 15 नोभेम्बर (हि.स.)। दिल्ली विश्वविद्यालय (डीयू)- को विधि संकायमा 5 वर्षीय एकीकृत विधि पाठ्यक्रम (आईएलसी)- को साहित्यिक एवं वाद-विवाद समितिले डीयू संस्कृति परिषदको सहयोगमा भारतको सभ्यतागत विरासत एवं धर्म-आधारित सामुदायिक शासन शीर्षकमाथि एक संगोष्ठी आयोजना गऱ्यो। दिल्ली विश्वविद्यालयको भाइस रिगल लजस्थित कन्भेन्शन हलमा आयोजित यस संगोष्ठीमा प्रमुख कानून विशेषज्ञहरूले कानूनी ढाँचाको माध्यमबाट भारतको स्थापत्य र धार्मिक धरोहरको संरक्षण, ऐतिहासिक राम मन्दिर निर्णय औ समकालीन भारतमा धर्म-आधारित सामुदायिक शासन मोडलहरूलाई लागू गर्ने अनिवार्यतामाथि विचार-विमर्श गरे।

कार्यक्रमका मुख्य अतिथि उच्चतम न्यायालयका वरिष्ठ अधिवक्ता जे. साईं दीपक तथा एडभोकेट अन रेकर्ड विष्णु शंकर जैन विशिष्ट अतिथिका रूपमा उपस्थित थिए भने अध्यक्षता दिल्ली विश्वविद्यालयका कुलपति प्रो. योगेश सिंहले गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै दिल्ली विश्वविद्यालयका कुलपति प्रो.योगेश सिंहले भने, भारतमा धर्म आधारित शासन व्यवस्थाको आग्रह सदादेखि नै रहिआएको छ। भारतले शत्रुसित पनि धर्म आधारित व्यवहार गऱ्यो। यस्तो राष्ट्र आफ्नो अनिच्छा हुँदाहुँदै पनि दास बन्न पुग्यो। भारत र भारतीय समाज बढ़ी राम्रो भएको कारणले दास हुन परेको हो। उनले गीताको एक श्लोकलाई आधार मान्दै भने, अहिंसा परमोधर्म हो, तर त्यै श्लोक अघिल्लो भागमा लेखिएको छ, धर्मको लागि हिंसा पनि स्वीकार्य छ।

यस अवसरमा मुख्य अतिथि, वरिष्ठ अधिवक्ता जे. साईं दीपकले डीयूको विधि संकायलाई धन्यवाद दिए अनि नवस्थापित केन्द्रको माध्यमबाट भारतीय दर्शनलाई व्यवहारिक कार्यान्वयनसित जोड़्ने आग्रह गरे। उनले 1911-1947 सालको औपनिवेशिक तुष्टिकरण कालमा भारतको लचिलोपनमाथि चर्चा गर्दै इतिहास, भाषा, धर्मशास्त्र, कानून र अर्थशास्त्रलाई एकीकृत गर्दै सभ्यतागत अध्ययनको लागि एक अन्तः विषय दृष्टिकोणको वकालत गरे। उनले चेताउनी दिए, “शहरीकरण” र “आधुनिकीकरण” पारम्परिक स्थानहरूको लागि खतरा हो।

एडभोकेट अन रेकर्ड, विष्णु शंकर जैनले खजुराहोको विष्णु मन्दिर जस्तो धरोहर स्थलको महत्वमाथि बल दिए अनि एएसआई अधिनियमको बारेमा भ्रान्तिहरूलाई हटाउँदै स्पष्ट पारे। उनले भने, धारा 16(1) ले स्मारकहरूको धार्मिक स्वरूपको रक्षा गर्छ अनि उचित पूजा-अर्चना गर्ने अऩुमति दिन्छ। उनले राम मन्दिरको फसेलालाई ऐतिहासिक मोड़ बताए अनि “एक पटक मन्दिर, सदैव मन्दिर”-को सिद्धान्त र न्यायिक व्यक्तित्वको भूमिकामाथि प्रकाश पारे। उनले वक्फ जस्तो कानूनमाथि पनि चर्चा गर्ने आग्रह गरे।

सेमिनारमा कानून विशेषज्ञहरू लगायत प्रोफेसर (डा.) अञ्जु वली टिकू, विधि संकायकी विभागाध्यक्ष औ डीन प्रोफेसर (डा.) रजनी अब्बी, दक्षिण परिसरका निदेशक, डा. विकास गुप्ता, डीयू संस्कृति परिषद अध्यक्ष प्रोफेसर (डा.) रविन्दर कुमार, लिट-डीईबीएसओसी सहित अनेकौं शिक्षक एवं विद्यार्थीहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande