मन्त्री सूदले राजौरी गार्डनमा सफाई व्यवस्था अनि मानिसहरूको समस्याको लिए जायजा
मन्त्री सूदले राजौरी गार्डनमा सफाई व्यवस्था अनि मानिसहरूको समस्याको लिए जायजा


नयाँ दिल्ली, 15 नोभेम्बर (हि.स.)। दिल्लीका शहरी विकास मन्त्री आशिष सूदले शनिवार राजौरी गार्डनको वार्ड नम्बर-95 (विष्णु गार्डन)- को बी-ब्लक, जन्ती घर, जे-6 स्टोर सामु, ए-ब्लक, पोस्ट अफिस, एसबीआई ब्यांक नजिकैको क्षेत्रको दौड़ाह गरे। मन्त्रीले क्षेत्रको सर-सफाई अनि स्थानीय मानिसहरूको समस्याको जायजा लिए। उनले भने, सरकार दिल्लीमा सफाई व्यवस्थालाई अझ बढ़ी सशक्त बनाउन अनि फोहोर प्रबन्धनमा सुधार ल्याउनको लागि धेरैवटा स्तरमा लगातार प्रयासरत छ।

दिल्लीकी मुख्यमन्त्रीको आह्वानमा सबै मन्त्रीहरूले दिल्लीभरि नै सर-सफाई एवं स्वच्छता कार्यहरूको आफै निगरानी गरिरहेका छन् ताकि आगामी दिनमा दिल्लीवासीहरूलाई स्वच्छ र स्वस्थ दिल्ली प्राप्त होस्।

सूदले बताए, नगरनिगमलाई अतिरिक्त वित्तीय सहायता उपलब्ध गराउनको लागि क्याबिनेट स्तरमा प्रस्ताव तयार गरिँदैछ। यसै दिशामा मुख्यमन्त्रीको निर्देशमा दिल्ली सरकारले नगरनिगमलाई 175करोड़ रुपियाँको विशेष वित्तीय सहायता दिएको छ ताकि ठेकादारहरूको बाँकी भुक्तान समयमा गर्न सकियोस्। उनले भने, नगरनिगममा आम आदमी पार्टीको पछिल्लो अढ़ाई वर्षको कार्यकालमा गलत ठेका दिइएको अनि कुप्रबन्धनको कारणले नगरनिगमको व्यवस्था ट्र्याकबाट झरिसकेको छ जसको सोझो प्रभाव दिल्लीको सफाई व्यवस्थामा परेको छ।

सूदले भने, बितेका 27 वर्षमा पछिल्लो सरकारहरूको गैरजिम्मेवारी नीतिहरूको कारणले दिल्लीमा धेरै समस्या थियो जसको समाधान चरणबद्ध ढंगमा गरिंँदैछ। बजेट तयार गर्ने, अनुमान बनाउने औ टेण्डर प्रक्रिया पूरा गर्नमा समय लाग्छ, तर दिल्ली सरकार पूर्ण जिम्मेवारीको साथमा दिल्लीको सफाई व्यवस्थालाई व्यवस्थित बनाउनको लागि प्रतिबद्ध छ।

स्थानीय मानिसहरूले मन्त्रीलाई बताए, वार्ड नम्बर-95 विष्णु गार्डनका केही स्थानहरूमा मैला-कुचैलाहरू कैयौं दिनसम्म उठाउँदैन र सफाई कर्मचारीहरू आए पनि आधा काम गरेर जान्छन्। त्यसैले क्षेत्रमा व्याप्त फोहोर अनि मैला-कुचैलाको दुर्गन्धले उनीहरूको स्वास्थ बिग्रिरहेको छ। उनले नगरनिगमका अधिकारी, सफाई कर्मचारी तथा मैला उठाउने एजेन्सीका प्रतिनिधिहरूलाई चेताउनी दिँदै भने, फोहोर प्रबन्धन पूर्ण सक्रियता अनि समयबद्ध ढंगमा गरियोस्। जुन हटस्पट्समा मैला थुप्रिने समस्या रहन्छ त्यहाँ नियमित सफाई गरियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande