जम्मू-कश्मीर विस्फोटमा एसआईए इन्स्पेक्टर, कन्स्टेबल, राजस्व अधिकारी समेत नौजनाको मृत्यु
जम्मू-कश्मीर विस्फोटमा एसआईए इन्स्पेक्टर, कन्स्टेबल, राजस्व अधिकारी समेत नौजनाको मृत्यु


श्रीनगर, 15 नोभेम्बर (हि.स.)। जम्मू-कश्मीरको नौगाम पुलिस स्टेशनमा भएको भयानक विस्फोटमा मारिएका नौजना मानिसहरूमा राज्यको जाँच एजेन्सीका इन्स्पेक्टर इसरार अगमद शाह पनि सामेल छन्।

इसरार अहमद शाह 2011 सालमा पुलिस बलमा सामेल भएका थिए। उनले आफूपछि पत्नी, दुईजना स-साना नानीहरू अनि बुजुर्ग माता-पितालाई छोड़ेर गएका छन्। कुपवाड़ा जिल्लाको द्रुगमुल्ला निवासी शाह एकजना मृदुभाषी व्यक्ति थिए भने आफ्नो काममा बढ़ी ध्यान दिन्थे, छिमेकी गुलाम मोहम्मदले बताए।

मृतकहरूमा चयन श्रेणी कन्स्टेबल जावेद मन्सूर राथर औ अर्शीद अहमद शाह (दुवै क्राइम ब्राञ्चको फोटोग्राफर), चयन श्रेणी कन्स्टेबल ऐजाज़ अफ़ज़ल मीर औ कन्स्टेबल मोहम्मद अमीन मीर औ शौकत अहमद भट (तीनै फोरेन्सिक साइन्स ल्याबोरेटरीमा कार्यरत) सामेल छन्। संयुक्त खण्ड विकास अधिकारी मुजफ्फर अहमद खान, क्षेत्रका चौकीदार सुहैल अहमद राथर औ दर्जी मोहम्मद शफी पार्रे पनि यस आकस्मिक विस्फोटमा मारिए।

पुलिस महानिदेशक नलिन प्रभातले बताए, विस्फोट त्यसबेला भयो जतिबेला अधिकारीहरूको एक टीम सेतोपोशाक आतंकवादी मोड्युल मामिलाको जाँच अवधि जफत गरिएका विस्फोटकहरूको नमूना संकलन गरिरहेको थियो। नलिन प्रभातले भने, निर्धारित प्रक्रिया अन्तर्गत जफत गरिएका सामग्रीहरूको नमूनालाई फोरेन्सिक तथा रासायनिक जाँचको लागि पठाउनुथ्यो।

सामग्रीहरूको मात्रालाई ध्यानमा राखेर फोरेन्सिक विज्ञान प्रयोगशालाको टीमले पछिल्लो दुई दिनदेखिको यो प्रक्रिया गरिरहेको थियो। उनले अझ भने, दुर्भाग्यले यसै अवधि गए शुक्रवार राती लगभग 11.20 बजे एक आकस्मिक विस्फोट भयो। यस घटनाको कारणलाई लिएर कुनै अनुमान लगाउनु अनावश्यक छ।

पुलिस महानिदेशकले भने, विस्फोटमा नौजना मानिसहरूको ज्यान गयो भने 32 जना घाइते भए। यस घटनामा 27 जना पुलिसकर्मी, 2 जना राजस्व अधिकारी औ वरपर क्षेत्रका तीनजना नागरिकहरू घाइते भएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande