
नयाँ दिल्ली, 15 नोभेम्बर (हि.स.)। गुरु गोविन्द सिंह इन्द्रप्रस्थ विश्वविद्यालय (आईपीयू)- को मेडिकल प्रोग्राम- एमबीबीएस (कोड 103) एवं नर्सिंग प्रोग्राम- बीएससी (अनर्स) नर्सिंग (कोड 115)-मा प्रवेशको लागि स्ट्रे राउण्डको कान्सिलिंगको लागि आगामी 17 नोभेम्बरसम्म अनलाइन पञ्जीकरण गर्न सकिन्छ।
यसमा प्रवेश गर्नका लागि जुन उम्मेद्वारहरूले 25 सय रुपियाँ आवेदन शुल्कको रूपमा जमा गरेर पञ्जीकरण गरेका छन् उनीहरूलेयसको लागि भरेको फारममा रिजन, क्याटेगरी, ऱ्यांक इत्यादिसित सम्बन्धित संशोधन पनि 17 नोभेम्बरसम्म गर्न सक्नेछन्।
यस अवधि नीट यूजीको ऱ्यांक कार्ड, शैक्षणिक प्रमाण पत्र, आरक्षणसित सम्बन्धित प्रमाण पत्र इत्यादि पनि भरेको फारमसितै 17 नोभेम्बरसम्म अपलोड गर्न किन्छ। 17 नोभेम्बरसम्म यी दुवै प्रोग्रामको लागि विकल्प चयन पनि गर्न सकिन्छ। दुवै प्रोग्राममा प्रवेशको लागि आयोजित स्ट्रे राउण्ड अनलाइन काउन्सिलिंगको परिणाम 17 नोभेम्बर वा त्यसपछि घोषणा गरिनेछ।
यी दुवै प्रोग्रामको काउन्सलिंगको परिणाम घोषणा भएपछि शेड्युल विश्वविद्यालयको वेबसाइटमा अपलोड गरिनेछ। यस सन्दर्भमा विस्तृत जानकारी विश्वविद्यालयको दुवै वेबसाइटमा उपलब्ध छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा