मुख्यमन्त्री रेखा गुप्ताले भनिन्, 25 दिसम्बरदेखि शुरू हुनेछ अटल क्यान्टिन योजना, गरिन् निर्माण स्थलको निरीक्षण
मुख्यमन्त्री रेखा गुप्ताले भनिन्, 25 दिसम्बरदेखि शुरू हुनेछ अटल क्यान्टिन योजना, गरिन् निर्माण स्थलको निरीक्षण


नयाँ दिल्ली, 15 नोभेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले शनिवार शालीमार बाग विधानसभाको हैदरपुरमा निर्माण हुने अटल क्यान्टिनको निर्माण स्थलको निरीक्षण गरिन्। मुख्यमन्त्रीले सोशल मीडिया एक्समा पोस्ट गर्दै भनिन्, पूर्व प्रधानमन्त्री श्रद्धेय अटल बिहारी वाजपेयीको जन्मदिनमा आगामी 25 दिसम्बरदेखि सरकारले ‘अटल क्यान्टिन योजना’ शुरू गरिरहेको छ। राजधानीका सय वटा स्थानहरूमा यो योजना शुरू हुनेछ जहाँ नागरिकहरूलाई मात्र पाँच रुपियाँमा स्वच्छ, तातो र पौष्टिक भोजन उपलब्ध गराइनेछ।

यसको साथै मुख्यमन्त्रीले शालीमार बागको जेजे क्लस्टर निवासीहरूको लागि मूलभूत सुविधाहरूसित जोड़िएको केही महत्वपूर्ण परियोजनाहरूको शुभारम्भ पनि गरिन् जसमा नालीहरूको निर्माण, पक्की गल्लीहरूको विकास, पानीका लाइनहरूको विस्तार, क्षेत्रमा नयाँ स्ट्रीट लाइट जड़ान गर्ने तथा 60सीटर शौचालयको निर्माण कार्य शुरू गर्ने आदि सामेल छन्। उनले भनिन्, यी सबै कार्यहरू मानिसहरूको दैनिक जीवनलाई अझ सुविधाजनक र सुरक्षित बनाउने दिशामा महत्वपूर्ण कदम हो।

मुख्यमन्त्रीले बताइन्, चाँड़ै नै 5 सय गज परिसरमा नयाँ स्कूल, जन्ती घर बनाउन शुरू गरिनेछ। आगामी दुई वर्षभित्रमा यहाँका अस्पतालहरूलाई पनि सुव्यवस्थित रूपमा संचालन गरिनेछ ताकि क्षेत्रका मानिसहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध होस्। उनले भनिन्, हामी पूर्ण प्रतिबद्धताको साथमा क्लस्टर बस्तीहरूको जीवन स्तरलाई निरन्तर श्रेष्ठ बनाउनको लागि कार्य गरिरहेका छौं।

मुख्यमन्त्रीले गोविन्द मोहल्ला, शालीमार बागमा नाली एवं सड़क निर्माण कार्यको शुभारम्भ गर्दै स्थानीय मानिसहरूसित क्षेत्रमा भइरहेका विकास कार्यहरूलाई लिएर विस्तार पूर्वक बातचित गरिन्। उनले भनिन्, हाम्रो सरकारले हरेक गल्ली र कलोनीसम्म बुनियादी सुविधा पुऱ्याउनको लागि द्रूत गतिमा काम गरिरहेको छ। सड़क, नाली, पानी औ शौचालय जस्ता आवश्यक सेवाहरूलाई हामी लगातार सशक्त बनाइरहेका छौं ताकि मानिसहरूको दैनिक जीवन अझ बढ़ी सुविधाजनक र सुरक्षित होस्। मुख्यमन्त्रीले शालीमार भिलेज चौक रोडको विस्तार कार्यको निरीक्षण गर्दै अधिकारीहरूलाई कार्यमा तीव्रता ल्याउने निर्देश दिइन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande