एसआईआरमा नामांकन प्रपत्र वितरणको समय-सीमा फेरि चुक्यो, अहिले पनि 22 लाख फारम बाँकी
एसआईआरमा नामांकन प्रपत्र वितरणको समय-सीमा फेरि चुक्यो, अहिले पनि 22 लाख फारम बाँकी


कोलकाता, 15 नोभेम्बर (हि.स.)। पश्चिम बंगालमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर)- को पहिलो चरण अन्तर्गत नामांकन प्रपत्रहरूको वितरण कार्य फेरि एक पटक तय समय-सीमासम्म पूरा हुन सकेन। राज्यमा अहिले पनि लगभग 22 लाख फारम वितरण हुन बाँकी छ।

मुख्य निर्वाचन अधिकारी कार्यालयको उपलब्ध आँकड़ा अनुसार गए शुक्रवार साँझ 6 बजेसम्म राज्यमा लगभग 7.45 करोड़ नामांकन प्रपत्र वितरण गरिसकिएको थियो जुन राज्यका 7 करोड़ 66 लाख 37 हजार 529 मतदाताहरूको तुलनामा लगभग 97 प्रतिशत हो।

नामांकन प्रपत्र वितरणको शुरुआती समय-सीमा 11 नोभेम्बरसम्म तय गरिएको थियो, तर त्यस दिनसम्म लगभग 15 प्रतिशत मतदाताहरूलाई फारम प्राप्त भएको थिएऩ। त्यसपछि अन्तिम तिथि 14 नोभेम्बरमा निर्धारन गरियो, तर त्यो पनि पूरा हुन सकेन। नामांकन प्रपत्रहरूको पूर्ण वितरण एसआईआरको तीन चरणीय प्रक्रियाको पहिलो चरणको समापनको संकेत हुनेछ।

मुख्य निर्वाचन अधिकारी कार्यालयको सूत्र अनुसार लगभग 60 लाख मतदाताहरूलाई “नन-ट्रेसेबल” श्रेणीमा चिह्नित गरिएको छ। बूथ स्तर अधिकारीहरूलाई यी मतदाताहरूसित सोझै सम्पर्क गरी फारम दिनमा सफलता हासिल भएको छ। यस मामिलामा उनीहरूको घरको मुख्य द्वारमा नोटिस टाँसेर निर्धारित समयवाधिभित्र सम्बन्धित बीएलओसित सम्पर्क गर्न भनिएको थियो। निर्धारित समयमा सम्पर्क नगर्नेहरूलाई “नन-ट्रेसेबल” मानिलिएको छ।

एसआईआरको पहिलो चरण राज्यमा गत 4 नोभेम्बरदेखि शुरू भएको थियो भने सम्पूर्ण प्रक्रिया आगामी वर्षको मार्च महिनासम्म पूरा हुने आशा छ। पश्चिम बंगालमा पछिल्लो पटक यो सर्वेक्षण वर्ष 2002-मा भएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande