बिहारपछि अब पश्चिंम बंगालका जनता जंगलराजबाट छुटकारा पाउन चाहन्छन्ः मुख्यमन्त्री साय
बिहारपछि अब पश्चिंम बंगालका जनता जंगलराजबाट छुटकारा पाउन चाहन्छन्ः मुख्यमन्त्री साय


रायपुर, 15 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री विष्णुदेव सायले शनिवार बस्तरको भ्रमणमा जानपूर्व बिहार चुनाउको परिणामलाई लिएर भने, जनताले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि भरोसा देखाएका छन्। बिहारमा एनडीएको ठूलो जीत भएको छ। पहिला बिहारलाई कुशासन र जंगलराजसित जोड़ेर हेरिन्थ्यो, तर अब एनडीए सरकारमा सुशासन र विकास भइरहेको छ। उनले पश्चिम बंगाल विधानसभा चुनाउ तर्फ संकेत गर्दै भने, पश्चिम बंगालमा पनि जंगलराज छ, त्यहाँका जनता पनि त्यसबाट छुटकारा पाउन चाहन्छन्।

धान खरिदलाई लिएर मुख्यमन्त्री सायले कंग्रेसलाई लक्षित गर्दै भने, विपक्ष मुद्दाविहीन भएको छ। हारले बौलाएको छ। पूर्व सीएम भूपेश बघलले त्यहाँको कमान सम्हालेका थिए, तर उनीसित केही छैन। त्यसैले जे पायो त्यही बोलिरहेका छन्। सारा प्रदेशभरि आजदेखि धान खरिदको भव्य शुरूआत भइरहेको छ।

बस्तरको जगदलपुर दौड़ाहको सन्दर्भमा मुख्यमन्त्री सायले जानकारी गराए, 15 नोभेम्बरको दिन भगवान बिरसा मुण्डाको जयन्तीमा राज्यभरि नै जनजातीय गौरव दिवस मनाइँदैछ। उनले भगवान बिरसा मुण्डालाई नमन गरे। उनले भने, यसै शुभ दिनमा धान खरिदको पनि भव्यशुरूआत भइरहेको छ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande