
नयाँ दिल्ली, 15 नोभेम्बर (हि.स.)। दिल्ली पुलिसको क्राइम ब्राञ्चको साइबर सेल यूनिटले निवेश औ अनलाइन इन्सेन्टिभको नाममा मानिसहरूबाट लाखौं रुपियाँ ठग्ने दुईजना साइबर ठगहरूलाई पक्राउ गरी एउटा ठूलो गिरोहको भण्डाफोर गरेको छ। पुलिसले यी दुई आरोपीलाई आन्ध्र प्रदेशको अनन्तपुर अनि उत्तर प्रदेशको नोएडा सेक्टर-58 बाट पक्राउ गरेको हो।
क्राइम ब्राञ्चका पुलिस उपायुक्त आदित्य गौतमले शनिवार बताए, साइबर सेलको जाँचमा थाहा लागेको छ कि दुवै आरोपीले अनलाइन निवेश, स्टक मार्केट तथा जाली क्रिप्टो ट्रेडिंग प्लेटफर्मको माध्यमबाट मानिसहरूलाई ठग्दै आइरहेका थिए। दुई अलग-अलग मामिलामा आरोपीहरूले मिलेर पीड़ितहरूबाट 50 लाख रुपियाँभन्दा अधिक ठगे। पुलिसले मुद्दा दर्ता गरी जाँच शुरू गरेको छ।
पुलिस उपायुक्तले बताए, पहिलो मामिलामा पीड़ितबाट 23,80,490 रुपियाँ स्टक मार्केटमा निवेश गर्ने प्रलोभन देखाएर ठगियो। आरोपी सुनिल कुमार रेड्डी (44) जो अनन्तपुर (आन्ध्र प्रदेश) निवासी हो जसले एमबीए उतीर्ण गरेको छ अनि बिजनेस डेभलपमेन्ट एक्जीक्युटिभ पनि हो। उसले आफूलाई इन्भेस्टमेन्ट एडभाइजर बताएर मानिसहरूलाई भरोसा लिदाउँथ्यो। जाँचमा सबै ब्यांक खाताहरूलाई फ्रिज गरी 5 लाख रुपियाँको राशि फिर्ता दिलाइयो।
दोस्रो मामिलामा लखनऊको टाटा क्रोमामा काम गर्ने एकजना निजी कर्मचारीबाट 26,49,180 रुपियाँ ठगियो। यसमा आरोपी आयुष सेमवाल (21)-लाई पक्राउ गरियो। बीकम तृतीय वर्षको छात्र आरोपी गौतम बुद्ध नगर निवासी हो जो कल सेन्टरमा भोइस प्रोसेस असिस्टेन्ट थियो।
आयुषले नक्कली क्रिप्टो प्लेटफर्ममा निवेश गर्ने लोभ देखाउँथ्यो अनि म्यूल खाताहरूलाई संचालन गर्थ्यो। पुलिस उपायुक्तले बताए, जाँचको क्रममा साइबर सेललाई 18 वटा यस्ता ब्यांक खाताहरू प्राप्त भएको छ जसको प्रयोग ठगीको रुपियाँलाई यता-उता पार्न अनि लुकाउनकोलागि गरिएको छ। सबै खाताहरूलाई फ्रिज गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा