गोविन्दपुरीमा एकजना युवकको चक्कुबाजीमा मृत्यु, आरोपी पक्राउ
गोविन्दपुरीमा एकजना युवकको चक्कुबाजीमा मृत्यु, आरोपी पक्राउ


नयाँ दिल्ली, 15 नोभेम्बर (हि.स.)। दक्षिण-पूर्वी जिल्लाको गोविन्दपुरीको प्रवासी एकता पार्क क्याम्प क्षेत्रमा गए शुक्रवार अबेर राती भएको चक्कुबाजीको घटनाले कोकोहोलो मचायो। 23 वर्षीय युवकमाथि अचानक हमला भयो जसबाट घाइते युवकलाई पुलिसको सहयोगले तुरून्तै एम्स ट्रामा सेन्टरमा लगियो जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए। युवकको गर्दन र पेटमा गहिरो चोट लागेको छ।

दक्षिण-पूर्वी जिल्लाका पुलिस उपायुक्त हेमन्त तिवारीले शनिवार बताए, गए शुक्रवार अबेर राती लगभग 10 बजे पुलिसलाई पीसीआरबाट चक्कुबाजीको सूचना प्राप्त भयो। त्यसपछि गोविन्दपुरी पुलिस टीम तुरून्तै घटनास्थलमा पुग्यो, तर त्यसबेलासम्ममा युवकको अवस्था नाजुक भइसकेको थियो। पुलिसले युवकलाई नजिकैको अस्पतालमा भर्ती गरायो जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए। यता पुलिसले घटनास्थलको गहन निरीक्षण गऱ्यो साथै वरपरका मानिसहरूसित पनि जाँचबुझ गऱ्यो।

घटनापछि पुलिसले क्षेत्रको सीसीटीभी फुटेजको जाँच गऱ्यो। प्रमाण भेटिएपछि पुलिसले सक्रियता देखाउँदै अमन उपनाम बुद्धा (19 वर्ष)-लाई पक्राउ गऱ्यो। शुरूआती जाँचमा खुलासा भयो, मृतक र आरोपीबीच कुनै कुरालाई लिएर विवाद भएको थियो जुन ज्यानमारा झगड़ामा परिणत भयो।

पुलिस सूत्र अनुसार घटनामा अन्य मानिसहरू पनि सामेल थिए जसको पहिचान गरिएको छ जसलाई पक्राउ गर्न लगातार छापामारी भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande