एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न
एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न


गान्तोक, 15 नोभेम्बर (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) को सोरेङ जिल्लास्तरीय समन्वय बैठक आज जोरथाङस्थित पार्टीको जोनल कार्यालयमा सम्पन्न भयो। बैठकको अध्यक्षता पार्टीका जिल्ला अध्यक्ष ज्ञान बहादुर तामाङले गरेको थिए।

यस समन्वय बैठकमा एसडीएफ पार्टीको सोरेङ जिल्ला कार्यकारी समितिका प्रमुख कार्यकारीहरू र कार्यकर्ताहरू उपस्थित थिए। बैठकमा महेन्द्र नालबोलाई सोरेङ जिल्ला कार्यकारी समितिको समन्वयक, प्रभारी र रोहित राईलाई कार्यकारी सदस्यको जिम्मेवारी सुम्पिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande