
सोरेङ, 15 नोभेम्बर (हि.स.)। राज्य सामाजिक कल्याण विभाग, सोरेङले आज भगवान बिरसा मुण्डाको 150औं जयन्तीमा जिल्लास्तरीय जनजातीय गौरव दिवस पालन गऱ्यो। जिल्ला प्रशासनिक केन्द्रमा आयोजित कार्यक्रममा जनजाति एवं जनजाति कल्याण बोर्डका अध्यक्ष पीके सुब्बा मुख्य अतिथि तथा जिल्लापाल धिरज सुबेदी र जिल्ला जनजातिका अध्यक्ष फुर्बा छिरिङ शेर्पा विशिष्ट अतिथि थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि सुब्बाले जनजातीय गौरव दिवस मनाउनुको महत्वमाथि प्रकाश पार्दै भगवान बिरसा मुण्डाले जनजाति समुदाय, उनीहरूको अधिकारी, पहिचान र सांस्कृतिक धरोहरको संरक्षण एवं संवर्द्धनको लागि दिएका योगदानहरूबारे जानकारी गराए। उनले जनजाति समुदायमा भगवान बिरसा मुण्डाको ठूलो महत्व रहेको छ भन्दै उनका योगदानहरूले भावी पुस्तालाई सदैव प्रेरित गरिरहनेछ भनी बताए।
जिल्लापाल सुबेदीले आफ्नो सम्बोधनमा जनजातीय गौरव दिवस मनाउनुको उद्देश्यबारे जानकारी गराए। उनले भगवान बिरसा मुण्डा एक स्वतन्त्र सेनानी, सामुदायिक नेता, आध्यात्मिक मार्गदर्शक र सुधारक थिए, जसका उल्लेखनीय योगदान र बलिदानका कारण उनीलाई भगवानको उपाधि दिएको बताए। उनले बिरसा मुण्डाको योगदानका कारण आज धेरै मानिसहरूलाई आफ्नो अधिकारको बारेमा सजग गराएको बताए।
हिन्दुस्थान समाचार / बिशाल