मुख्यमन्त्रीले त्रिदेव सम्मेलनमा कार्यकर्ताहरूसित गरे सम्वाद
मुख्यमन्त्रीले त्रिदेव सम्मेलनमा कार्यकर्ताहरूसित गरे सम्वाद


नयाँ दिल्ली, 16 नोभेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आज नजफगढ़मा आयोजित त्रिदेव सम्मेलनमा दिचाऊँ कलाँ क्षेत्रबाट आएका त्रिदेव समान कार्यकर्ताहरूसित सम्वाद गरिन्।

मुख्यमन्त्रीले सोशल मीडिया एक्समा पोस्ट गर्दै भनिन्, दिल्लीका गाउँ अनि सुदूरवर्ती क्षेत्रहरू वर्षौंसम्म विकासदेखि उपेक्षित रहे। पछिल्लो सरकारहरूले न त बुनियादी सुविधाहरूमाथि ध्यान दिए न ग्रामीण क्षेत्रहरूको आवश्यकतालाई प्राथमिकता दिए। तर दिल्लीमा भारतीय जनता पार्टीको सरकार आएपछि हरेक गल्ली, हरेक कलोनी तथा हरेक वार्डमा आधारभूत सुविधाहरूको विस्तार अनि विकास कार्य निरन्तर गतिमा अगाड़ि बढ़िरहेको छ। प

मुख्यमन्त्रीले भनिन्, हामीले जनतामाझ पुगेर यी विकास कार्यहरूको गति र प्रभावलाई साझा गर्नुपर्छ। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा हामीले विकसित दिल्ली निर्माणको संकल्पलाई लिएर काम गरिरहेका छौं। उनले भनिन्, दिल्ली नगरनिगमको उपचुनाउमा वार्ड नम्बर-128 बाट रेखा रानीलाई विजय बनाएर हामीले नजफगढ़ र दिलाऊँ कलाँ क्षेत्रको विकासलाई नया गति दिनुछ।

यस अवसरमा सांसद कमलजीत सेहरावत, विधायक नीलम कृष्ण पहलवान, अभय वर्मा, पूर्व मेयर बिपिन बिहारी सिंह, नजफगढ़ जिल्लाध्यक्ष राज शर्मा, मण्डल अध्यक्ष मनोज तिवारी औ भारतीय जनता पार्टीका पदाधिकारीगण उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande