
नयाँ दिल्ली, 16 नोभेम्बर (हि.स.)। उत्तरी जिल्लाको सदर बजार थाना पुलिसले ठूलो कारबाही गर्दै निर्माणाधिन मेट्रो स्टेशनबाट 12 सय मीटर कपर केबल (मूल्य लगभग 15 लाख रुपियाँ) चोरीभएको घटनाको खुलासा गरेको छ। पुलिसले क्रेन अपरेटर रन्धीर सिंह र श्रमिक पंकज कुमारलाई पक्राउ गरी चोरिएको सबै केबललाई जफत गरेको छ। पुलिस मुताविक दुवै आरोपीले त्यै साइटमा काम गर्दथे। रन्धीर सिंह हार्डकोर अपराधी हो जो पञ्जाबमा हत्या सहित राजस्थानमा एटीएण चोरी जस्ता मामिलाहरूमा सामेल रहिसकेको छ।
सिकायत प्राप्त भएपछि पुलिसले वरपरका 50 वटा भन्दा अधिक सीसीटीभीको फुटेज जाँच गऱ्यो जसमा दुवै आरोपीले ट्रकमा कपर केबललाई लोड गरिरहेको देखियो। तकनिकी निगरानीबाट रन्धीरको लोकेशन अमृतसरमा भेटियो जहाँबाट उसलाई गत 8 नोभेम्बरमा समातियो। उसैले बताए मुताविक पंकजलाई पनि साइटबाटै पक्राउ गरियो। चोरेको सम्पूर्ण केबल भलस्वा डेयरी क्षेत्रबाट जफत गरियो।
पुलिस जाँचबुझमा रन्धीरले बतायो, उसलाई नशाको लत लागेको छ र आर्थिक अभावमा उसले चोरी गर्ने योजना बनाएको थियो। उसलाई थाहा थियो, साइटमा रहेको महँगो कबर केबलको सीसीटीभी रेकर्ड सात दिनसम्म मात्र रहन्छ। यसैको फाइदा उठाउँदै दुवैले गत 2 नोभेम्बरको राती चोरीको घटनालाई परिणाम दिए अनि ट्रकमा केबल लादेर अन्यत्र लुकाए। दुई दिनपछि केबलको आवश्यकता पर्दा मात्र चोरी भएको खुलासाभयो अनि मामिला दर्ता हुनसाथ पुलिसले द्रूत गतिमा दुवै आरोपीलाई समात्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा