दिल्ली क्राइम ब्राञ्चले पारदी ग्यांगका दुई कुख्यात अपराधीलाई समात्यो
दिल्ली क्राइम ब्राञ्चले पारदी ग्यांगका दुई कुख्यात अपराधीलाई समात्यो


नयाँ दिल्ली, 16 नोभेम्बर (हि.स.)। दिल्ली पुलिसको क्राइम ब्राञ्चले इन्टरस्टेट पारदी ग्यांगका दुई भगौड़ा आरोपी क्रमैले अरूण पारदी र टेगा पारदीलाई पक्राउ गरेको छ। यी दुईमाथि मध्य प्रदेश पुलिसले 10-10 हजार रुपियाँको इनाम घोषणा गरेको थियो। आरोपीद्वय हत्या, हत्या गर्ने प्रयास, डकेटी, लुट अनि राती घरहरूमा चोरी जस्ता 60 भन्दा गम्भीर मामिलाहरूमा भागेका थिए।

क्राइम ब्राञ्चका पुलिस उपायुक्त हर्ष इन्दौराले बताए, बितेका दुई दिनदेखिको दक्षिण दिल्लीको नेब सराय, हौज खास औ मालवीय नगर क्षेत्रमा नाइट हाउस बर्गलरीका घटनाहरूमा पारदी ग्यांग संलिप्त रहेको खबर आइरहेको थियो। यसै सिलसिलामा क्राइम ब्राञ्चको टीमलाई आरोपीहरूको खोजीमा खटाइयो।गत 14 नोभेम्बरको दिन सूचना प्राप्त भयो, दुवै आरोपी द्वारकाको शाहबाद रेलवे स्टेशन नजिक आफ्नो एकजना साथीसित भेट गर्न आइरहेका छन्। त्यसपछि पुलिस टीमले त्यहीँबाट दुवैलाई समात्यो।

जाँचबुझमा थाहा लाग्यो, आरोपीहरू एक संगठित इन्टरस्टेट ग्यांगका सदस्यहरू हुन् जुन एमपी, राजस्थान, हरियाणा एवं दिल्ली सहित उत्तर भारतका केही राज्यहरूमा सक्रिय छ। यो ग्यांग सड़क किनारमा “डेरा” हालेर अस्थायी रूपमा बस्छ अनि दिउँसो खेलौना, बलुन व स-साना सामानहरू बेचेर रेकी गर्छ। रातपरेपछि यिनीहरूले घरहरूमा पसेर लुटपाट गर्छन्, विरोध गर्दा शिरमा प्रहार गरेर गम्भीर चोट पुऱ्याउँछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande