राष्ट्रिय प्रेस दिवसमा मन्त्री पीयूष हजारिकाले दिए शुभकामना
राष्ट्रिय प्रेस दिवसमा मन्त्री पीयूष हजारिकाले दिए शुभकामना


गुवाहाटी, 16 नोभेम्बर (हि.स.)। असम सरकारको सूचना एवं जनसम्पर्क विभागका मन्त्री पीयूष हजारिकाले राष्ट्रिय प्रेस दिवसको अवसरमा मीडिया जगत तथा समाचार सेवासित जोड़िएका सबै पत्रकार एवं कर्मीहरूलाई हार्दिक शुभकामना एवं बधाई दिएका छन्।

उनले सोशल मीडियामा भने, भारतमा मीडियाको ऐतिहासिक महत्व रहिआएको छ साथै सत्यनिष्ठ तथा शुद्ध पत्रकारिताले लोकतान्त्रिक व्यवस्थालाई सशक्त बनाउँछ। मन्त्रीले भने, स्वस्थ समाचार परिवेशले एक सशक्त राष्ट्रको निर्माणमा अहम भूमिका निभाउँछ।

हजारिकाले राज्यका पत्रकारहरूसित अपील गरे, उनीहरूले मीडियाको गरिमा र परम्परालाई कायम राख्दै अधिक जिम्मेवारीको साथमा आफ्नो सोवालाई निरन्तरता दिरहुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande