
इम्फाल, 16 नोभेम्बर (हि.स.)। मणिपुरमा सुरक्षा एजेन्सीहरूले अवैध नशालु फसल विरोधी आफ्नो कारबहाीलाई तीव्रता दिँदै कांगपोकपी र उखरूप जिल्लामा केही दिनदेखिको संचालित अभियानमा 476 एकड़भन्दा अधिक क्षेत्रमा फैलिएको अवैध अफिमको खेतीलाई नष्ट गरिदिए।
पुलिस प्रवक्ताले आइतवार बताए, कांगपोकपी जिल्लामा दुई भिन्न टीमहरूले व्यापक रूपमा अभियान संचालन गरे। लोइबोल खुलेन गाउँमा, न्यू केथलमनबी थाना अन्तर्गत मणिपुर पुलिस, असम राइफल्स औ सीआरपीएफको संयुक्त टीमले लगभग 20 एकड़ अवैध खेतीलाई नष्ट गरिदियो। यस अवधि खेतीमा प्रयोग हुने नूनको दुई बोरा, स्प्रे पम्प, पाइप एवं अन्य उपकरणहरूलाई पनि घटनास्थलमै नष्ट गरियो।
यसै दिन कोटलन गाउँको पहाड़ी क्षेत्रमा मणिपुर पुलिस, सीआरपीएफ औ वन विभागको संयुक्त टीमले अर्कोकारबाही गर्दै 20 एकड़ अवैध अफिमको खेतीलाई नष्ट गरिदियो। यस अवधि पाँच वटा अस्थायी झोपड़ीहरूलाई जलाइयो भने तीन बोरा मल, दुई बोतल राउण्डअप र दुई बोरा नून जफत गरी नष्ट गरियो।
सबैभन्दा व्यापक अभियान उखरूल जिल्लामा भयो जहाँ केही सरकारी एजेन्सीहरूको समन्वित प्रयासले सोमदल, लामलई चिंगफेई र लिटानका पहाड़ी क्षेत्रहरूमा 436 एकड़ अवैध खेतीलाई जरैबाट नष्ट गरियो। यस अतिरिक्त खेतीसित सम्बन्धित 51 वटा झोपड़ीहरूलाई पनि जलाइयो।
अधिकारीहरू अनुसार यो अभियान राज्यमा हालका महिनाहरूमा संचालित नशालु फसल विरोधी सबैभन्दा ठूलो कारबाहीहरूमध्ये एक हो जसले सरकारको अवैध अफिम खेतीमाथि लगाम कस्ने प्रतिबद्धतालाई दर्शाउँछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा