रोहिणी स्पामा सेक्स ऱ्याकेटको भण्डाफोर, 6 जना नाबालिकाहरूलाई मुक्त गराइयो
रोहिणी स्पामा सेक्स ऱ्याकेटको भण्डाफोर, 6 जना नाबालिकाहरूलाई मुक्त गराइयो


नयाँ दिल्ली, 16 नोभेम्बर (हि.स.)। राजधानी दिल्लीको रोहिणीस्थित एक शपिंग मलमा संचालित स्पा सेन्टरमा छापा मारेर 14-देखि 17 वर्षका 6 जना किशोरीहरूलाई मुक्त गराइयो। यी किशीरीहरूबाट बलजफ्ती वेश्यावृत्ति गराइँदैथ्यो। एसोसिएशन फर भोलन्टरी एक्शन (एभीए)-को सूचनामा उत्तरी क्षेत्रका संयुक्त पुलिस आयुक्तले रोहिणीको स्पेशल स्टाफसित संयुक्त टीम बनाएर छापामारी गरे। यस कारबाहीमा एभीए र बाल विकास धारा जस्ता असरकारी संगठनहरू पनि सामेल थिए। यस कारबाहीमा तीनजना ग्राहक अनि स्पा सेन्टरका एकजना कर्मचारीलाई पक्राउ गरिएको छ भने पाँचजना बालिक महिलाहरूलाई पनि मुक्त गराइयो। दक्षिणी रोहिणी पुलिस थानामा यस परिप्रेक्ष्यमा एफआईआर दर्ता गरियो।

मुक्त गराइएका युवतीहरूमा उप्र र पश्चिम बंगालका छन्। अधिकारीहरूले बताए, युवतीहरूले स्पामा नोकरीको लागि एक अनलाइन पोर्टल ‘वर्क इण्डिया’- को माध्यमबाट आवेदन गरेका थिए। जाँचबुझमा आफूलाई 18 वर्षभन्दा अधिक उमेरको बताउने एकजना युवतीबाट धेरैवटा आधार कार्ड जफत गरिएको छ। यसबाट यो आशंका व्यक्त गरिँदैछ कि यसको पछाड़ि कुनै अन्तर्राष्ट्रिय ट्राफिकिंग गिरोह छ जसले पोर्टलको आड़मा आफ्नो धन्दा चलाइरहेको छ। पछिल्लो केही वर्षमा बिहार, झारखण्ड, पूर्वोत्तर राज्यहरू औ पश्चिम बंगाल सहित छिमेकी देशहरूबाट पनि आर्थिक रूपमा कमजोर वर्गका अधिकांश युवतीहरूलाई ल्याएर देह व्यापरमा धकेलिएको छ।

एसोसिएशन फर भोलन्टरी एक्शनले सन्देहको आधारमा मंगलम प्यालेसमा अवस्थित ‘क्रिस्टल ब्यूटी स्पा सेन्टर’-को जाँच गर्न शुरू गऱ्यो जसमा स्पा सेन्टरको आड़मा देह व्यापार भइरहेको थाहा लाग्यो जहाँ छिमेकी राज्यहरूबाट तस्करी गरी ल्याइएका नाबालिकाहरूबाट देह व्यापार गराइन्थ्यो। जाँचको क्रममा टीमले देख्यो, एकजना बिचौलीले खुल्ला रूपमा नाबालिक युवती उपलब्ध गराएको सट्टामा 7 हजार 5 सय रुपियाँ मागिरहेको थियो। एभीएले तुरून्तै उत्तरी क्षेत्रका संयुक्त पुलिस आयुक्त विजय सिंहलाई घटना बारे सतर्क गरायो जसले तत्कालै छापामारीको कारबाही गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande