
श्रीनगर, 17 नोभेम्बर (हि.स.) आतंकवादी मोड्यूल मामिलामा जाँचबुझ गर्नको लागि पुलिसले हिरासतमा लिएको एकजना ड्राइ फ्रुट बिक्रेताको सोमवार यहाँको अस्पतालमा मृत्यु भयो। सम्बन्धित अधिकारीहरूले यस आशयको जानकारी दिएका हुन्।
बिलाल अहमद वानीले गए आइतवार काजीगुंडमा आफैमाथि आगो लगाएको थियो। अधिकारीहरूले बताए, गए आइतवार अबेर राती अनन्तनागको एक अस्पतालमा उसको अवस्था झन् बिग्रिएको कारण एसएमएचएस अस्पतालमा रेफर गरिएको थियो। उपचारको क्रममा उसले आधा राति अन्तिम सास लियो।
वानी र उसको छोरा जसिर बिलाललाई पुलिसले आतंकवादी मोड्युल मामिलामा जाँचबुझ गर्नको लागि हिरासतमा लिएको थियो। अधिकारीहरू अनुसार बिलाललाई पछि रिहा गरियो, तर उसको छोरा अहिले पनि हिरासतमै छ।
वानी डा. मुजफ्फर राथरको छिमेकी थियो जो व्हाइट कलर टेरर मोड्युल मामिलाको प्रमुख आरोपीको रूपमा उदाएको छ। मानिँदैछ, मुजफ्फर हाल अफगानिस्तानमा छ र उसको भाइ डा. अदिल राथरलाई गत 6 नोभेम्बरमा उत्तर प्रदेशको सहारनपुरबाट पक्राउ गरिएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा