
नयाँ दिल्ली, 17 नोभेम्बर (हि.स.)। आम आदमी पार्टी (आआपा)- का राष्ट्रिय संयोजक अरविन्द केजरीवालले सोमवार सऊदी अरबमा भएको पीड़ादायी दुर्घटनाप्रति संवेदना व्यक्त गरे। उनले भने, यस दुर्घटनामा जुन 42 जना भारतीयहरूले आफ्नो ज्यान गुमाए, उनीहरूको परिवारप्रति मेरो गहिरो संवेदना छ।
अरविन्द केजरीवालले सोशल मीडिया एक्समा पोस्ट गरी लेखेका छन्, सऊदी अरबमा भएको यो पीड़ादायी दुर्घटना हृदयविदारक छ। घटनामा ज्यान गुमाउने 42 जना भारतीयहरूका परिवारहरूप्रति मेरो गहिरो संवेदना छ। केजरीवालले सरकारलाई तुरून्तै सऊदी सरकारसित बातचित गरी सबै मृतक अनि घाइतेहरूको बारेमा पूर्ण जानकारी लिने अनि हरसम्भव मद्दत गर्नकोलागि परिवारसम्म पुग्ने अपील गरे। उनले भने, यस्तो समयमा सरकारको हरेक कदम, तीव्र, संवेदनशील र जिम्मेवार हुन आवश्यक छ।
उल्लेखनीय छ, सऊदी अरबमा सोमवार बिहान एक भयानक सड़क दुर्घटना भयो। यहाँ एउटा बस डिजल ट्याङ्करसित ठोक्किएको कारणले 42 जना भारतीयहरूको मृत्यु भयो। बस मक्कादेखि मदिना गइरहेको थियो। दुर्घटनापछि बसमा आगो लाग्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा