भाजपा दिल्ली अध्यक्षले लाला लाजपत रायलाई दिए पुण्यतिथिमा श्रद्धाञ्जली
भाजपा दिल्ली अध्यक्षले लाला लाजपत रायलाई दिए पुण्यतिथिमा श्रद्धाञ्जली


नयाँ दिल्ली, 17 नोभेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)- का दिल्ली प्रदेश अध्यक्ष वीरेन्द्र सचदेवाले सोमवार स्वाधीनता संग्रामी, कुशल राजनेता, अद्वितीय लेखक औ विलक्षण संगठनकर्ता 'पञ्जाब केसरी' लाला लाजपत रायको पुण्यतिथिमा उनलाई विनम्र श्रद्धाञ्जली अर्पण गरे। सचदेवाले एक्स पोस्टमा भने, माँ भारतीको स्वाधीनताको लागि तपाईको अद्भुत संघर्षले सबै देशवासीहरूलाई युगौं-युगसम्म राष्ट्र सेवाको लागि प्रेरित गरिरहनेछन्। सचदेवाले यस अवसरमा राष्ट्रभक्ति र सेवाको भावनालाई स्मरण गर्दै सबै देशवासीहरूसित लाला लाजपत रायको आदर्शलाई पहिल्याउने आह्वान गरे।

लाला लाजपत रायको जन्म 28 जनवरी, 1865-मा भएको थियो। उनी भारतीय राष्ट्रिय कंग्रेसका प्रमुख नेता थिए। उनले स्वदेशी आन्दोलन, असहयोग आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। यसै अवधि साइमन कमिशनको विरोध गर्दा अंग्रेजहरूको लट्ठीचार्जको शिकार भएर 17 नोभेम्बर, 1928-मा उनी शहीद भएका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande