बीएमएसको 48 घण्टाव्यापी बन्द, टोटो पञ्जीकरण शुल्कको कड़ा विरोध
बीएमएसको 48 घण्टाव्यापी बन्द, टोटो पञ्जीकरण शुल्कको कड़ा विरोध


झाड़ग्राम, 17 नोभेम्बर (हि.स.)। राज्य सरकारद्वारा टोटोमाथि पञ्जीकरण शुल्क लागू गरिएको विरोधमा भारतीय मजदूर संघ (बीएमएस)-द्वारा गोपीबल्लभपुर-एक ब्लकमा डाकिएको 48 घण्टाव्यापी बन्द सोमवार बिहानदेखि शान्तिपूर्वक आरम्भ भयो।

प्राप्त जानकारी अनुसार बिहानदेखि नै बीएमएस समर्थक टोटो चालकहरूले सड़कमा उत्रेर आफ्नो विरोध दर्ता गराइरहेका छन्। बीएमएसको भनाइ छ, राज्य सरकारको यो नयाँ निर्णयले टोटो चालकहरूमाथि अतिरिक्त आर्थिक बोझ लाद्नेछ अनि उनीहरूको आजीविका संकटमा पर्नेछ। बीएमएसको पक्षबाट आम मानिसहरूको सुविधाको लागि पाँच वटा टोटोलाई अत्यावशयक सेवाहरूको लागि राखिएको छ ताकि जनता कुनै पनि प्रकारको असुविधामा नपरोस्।

संगठनले गोपीबल्लभपुर क्षेत्रका सबै टोटो चालकहरूसित यस बन्दलाई सफल बनाउने अपील गरेको छ।

बीएमएस नेतागण, अध्यक्ष चन्दन महान्ती, रञ्जीत मादुली औ प्रदीप मूदलीले चेताउनी दिएका छन्, यदि राज्य सरकारले आफ्नो निर्णय फिर्ता लिएन भने आन्दोलन अझ तीव्र हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande