मुख्यमन्त्री ममता ब्यानर्जीले लाला लाजपत रायको पुण्यतिथिमा दिइन् श्रद्धाञ्जली
मुख्यमन्त्री ममता ब्यानर्जीले लाला लाजपत रायको पुण्यतिथिमा दिइन् श्रद्धाञ्जली


कोलकाता, 17 नोभेम्बर (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले भारतका महान स्वतन्त्रता सेनानी औ निर्भीक देशभक्त लाला लाजपत रायको पुण्यतिथिमा उनलाई नमन गरिन्। सोमवार उनले एक्स (पूर्वमा ट्विटर)-मा पोस्ट गर्दै लेखिन्, भारतीय स्वतन्त्रता संग्रामका एक महान नेता तथा ‘पञ्जाब केसरी’ लाला लाजपत रायलाई श्रद्धाञ्जली अर्पण गर्दछु।

ममता ब्यानर्जीले भनिन्, स्वतन्त्रता आन्दोलना लाजपत रायको योगदान अमूल्य थियो। उनको अदम्य साहस, त्याग अनि राष्ट्रप्रेमले देशलाई स्वतन्त्रताको मार्गमा अगाड़ि बढ़ाउनमा महत्वपूर्ण भूमिका निर्वाह गऱ्यो। मुख्यमन्त्रीले भनिन्, देशले उनको बलिदानलाई सदैव सम्मान एवं कृतज्ञता पूर्वक सम्झ्नेछ।

लाला लाजपत रायको पुण्यतिथिमा देशभरि नै विभिन्न कार्यक्रमहरू आयोजना भइरहेको छ जहाँ मानिसहरूले श्रद्धा अनि सम्मानको साथमा उनलाई स्मरण गरिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande