
गुवाहाटी, 17 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सोमवार दिगबोईका विधायक सुरेन फुकनलाई उनको जन्मदिनमा शुभकामना दिएका छन्।
मुख्यमन्त्रीले सोशल मीडिया एक्समा लेखे, ''विधानसभामा मेरा सहयोगी सुरेन फुकनलाई जन्मदिनको हार्दिक शुभकामना। उनले लगातार दिगबोई क्षेत्रका समस्याहरूलाई सक्रियता पूर्वक उठाइरहेका छन् अनि निर्वाचन क्षेत्रमा विभिन्न जनकल्याणकारी योजनाहरूको क्रियान्वयनमा प्रखर भूमिका निर्वाह गरिरहेका छन्। माँ कामाख्या र महापुरूष श्रीमन्त शंकरदेवसित उनको दीर्घ एवं स्वस्थ जीवनको प्रार्थना गर्दछु ताकि उनले जनसेवा गरिरहुन्।''
दिगबोईबाट भाजपा विधायक सुरेन फुकनको जन्म 17 नोभेम्बर, 1969-मा भएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा