
उत्तर 24 परगना, 17 नोभेम्बर (हि.स.)। उत्तर 24 परगना जिल्लाको राहड़ा थाना अन्तर्गत ठाकुर कलोनीस्थित एउटा भाड़ाको घरमा गए आइतवार साँझ विस्फोट भयो। स्थानीय सूत्रानुसार यो कोठा अभिजीत सिंह नामक व्यक्तिले भाड़ामा लिएको थियो। सूचना पाउनसाथ राहड़ा थानाको टीमले वरिष्ठ अधिकारीहरूको सहित घटनास्थलमा पुगेर स्थितिको जायजा लियो।
जाँच गर्ने क्रममा केही सामग्रीहरू भेटियो जसलाई फोरेन्सिक जाँचको लागि जफत गरिएको छ। यस अतिरिक्त घटनास्थलबाट केही पटाकाहरू पनि जफत गरिएको छ। राहत कुरा के छ भने घटनामा कुनै प्रकारको मानवीय क्षति भएऩ।
हाल विस्फोटको कारण स्पष्ट हुन सकेको छैन। पुलिसले मामिलाको अनुसन्धान गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा