सात वर्षपछि फेरि खोलियो फाइल, तृणमूल नेता हमिद अन्सारी हत्याकाण्डमा पुलिसले भेट्यो ठूलो प्रमाण
सात वर्षपछि फेरि खोलियो फाइल, तृणमूल नेता हमिद अन्सारी हत्याकाण्डमा पुलिसले भेट्यो ठूलो प्रमाण


पुरुलिया, 17 नोभेम्बर (हि.स.)। सात वर्ष पुरानो तृणमूल नेता हमिद अन्सारी हत्याकाण्डको फाइल फेरि एकपटक खोलिएको छ। पुरूलिया जिल्ला पुलिसले यस मामिलालाई पुनः जाँचको लागि रि-ओपन गरेको छ, कनभने आद्रा तृणमूल अध्यक्ष धनञ्जय चौबे हत्याकाण्डमा पक्राउ पूर्वी भारतको कुख्यात अपराधी पिन्टू घोष उपनाम दीपंकर घोष उपनाम ‘घोष दा’ र उसको साथी जुगनू सिंहसित जाँचबुझ गर्दा अचम्भको खुलासा भएको छ। पुलिस सूत्रानुसार यसै प्रमाणको आधारमा हमिद अन्सारी सहित आठ वटा हत्याकाण्डको रहस्य उजागार भइरहेको छ।

हमिद अन्सारी पुरुलिया जिल्लाको काशीपुर ब्लक तृणमूल युवा अध्यक्ष थिए। फुटबल मैदानदेखि राजनीतिमा प्रवेश गरेका हमिदले केही वर्षभित्रै आफ्नो पकड़लाई बलियो बनाएका थिए भने आद्रा रेल शहरमा नियन्त्रण जमाउने चेष्टामा सक्रिय भएका थिए। भनिन्छ रेल र कोल सिण्डिकेटमाथिको प्रभुत्वलाई लिएर उनको विवाद बढ़्दै गइरहेको थियो। यही विवाद उनको हत्या कारण बन्नपुग्यो। वर्ष 2018-मा प्रमाणहरूको अभावमा आद्रा थाना काण्ड संख्या 103/18 मा पुलिसले एफआरटी (फाइनल रिपोर्ट ट्रू) दर्ता गरी केसलाई बन्द गरिदिएको थियो।

पुलिसको जाँचमा थाहा लागे अऩुसार उत्तर प्रदेशका तीनजना सुपारी किलरहरूलाई स्थानीय राजनीतिसित जोड़िएको एकजना व्यक्तिको आफन्तले चिन्हित गराएर हमिदको हत्या गराएको थियो। पुलिसले अब यस पाटोको गहिराई पूर्वक जाँच गरिरहेको छ।

पुरुलियाका पुलिस अधीक्षक अभिजीत बन्द्योपाध्यायले बताए, वर्ष 2004-2018बीच आद्रा रेलशहरमा सिण्डिकेट वर्चस्वलाई लिएर भएको आठ हत्याकाण्डको पोको अब खोलिन थालेको छ। यीमध्ये छः मामिलामा एपआरटी दर्ता भइसकेको थियो। पिन्टू घोषलाई लगभग सबै मामिलामा सामेल पाइएको छ भने जुगनू सिंहमाथि लक्ष्म प्रसाद र हमिद अन्सारी हत्याकाण्डमा सोझै भूमिका रहेको आरोप छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande