हिमन्त सरमाले लाला लाजपत रायको बलिदान दिवसमा दिए श्रद्धाञ्जली
हिमन्त सरमाले लाला लाजपत रायको बलिदान दिवसमा दिए श्रद्धाञ्जली


गुवाहाटी, 17 नोभेम्म्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले पञ्जाब केसरी लाला लाजपत रायको बलिदान दिवसमा उनलाई सादर नमन गर्दै श्रद्धाञ्जली अर्पण गरे।

मुख्यमन्त्री सरमाले आफ्नो सोशल मीडिया सन्देशमा भने, राष्ट्रको स्वतन्त्रताको लागि आफ्नो प्राण न्यौछावर गर्ने लाला लाजपत रायको योगदान अविस्मरणीय छ। माँ भारतीका यी सपुतले अंग्रेजहरूको क्रूरता र अत्याचार सामु अडिग भएर देशवासीहरूको मनमा स्वतन्त्रताको ज्योति प्रज्वलित गरे। उनको अटुट साहस र सर्वोच्च बलिदानले देशको प्रत्येक नागरिकमा राष्ट्रभतिको भावनालाई अझ मजबुत बनाउँछ।

मुख्यमन्त्रीले भने, लाला लाजपत रायको जीवनबाट प्राप्त प्रेरणाले आज पनि देशलाई अगाड़ि बढ़ाउने अनि राष्ट्रहितलाई सर्वोपरि राख्ने सन्देश दिन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande