
नयाँ दिल्ली, १७ नोभेम्बर (हि.स.)। विदेश मन्त्री डा. एस जयशंकरले साउदी अरबको मदीना नजिक भारतीय तीर्थयात्रीहरूको बस दुर्घटनामा दुख व्यक्त गरेका छन्। यस घटनामा धेरै महिला र बालबालिका पनि घाइते भएको आशंका छ। उनले भने, रियाद र जेद्दाका हाम्रो दूतावासले पीडित परिवारहरूलाई सहयोग गरिरहेका छन्। जेद्दामा भारतीय वाणिज्य दूतावासले नियन्त्रण कक्ष स्थापना गरेकाे छ।
जयशंकरले एक्स पोस्ट मार्फत भने, “साउदी अरबको मदीनामा भारतीय नागरिकहरूसँग भएको दुर्घटनाले गहिरो स्तब्ध बनाएको छ। रियादस्थित हाम्रो दूतावास र जेद्दास्थित वाणिज्य दूतावासले यस दुर्घटनाबाट प्रभावित भारतीय नागरिकहरू र उनका परिवारलाई पूर्ण सहयोग गरिरहेका छन्।”जेद्दास्थित भारतीय वाणिज्य दूतावासले शोक ग्रस्त परिवारप्रति गहिरो संवेदना प्रकट गरेको छ।
अर्को एक्स पोस्टअनुसार, साउदी अरबको मदीना नजिक भारतीय उमराह तीर्थयात्रीहरूको बस दुर्घटनाको कारण जेद्दास्थित भारतीय वाणिज्य दूतावासमा २४ घण्टा सञ्चालन हुने नियन्त्रण कक्ष स्थापना गरिएको छ। कुनै पनि जानकारीका लागि टोल फ्री नम्बर ८००२४४०००३ मा सम्पर्क गर्न सकिन्छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी