दिल्ली मेट्रो विस्फोटको घटनामा नदिया जिल्ला जेलमा बन्द सबीर अहमदको नाम पनि जोडियो
दिल्ली मेट्रो विस्फोटको घटनामा नदिया जिल्ला जेलमा बन्द सबीर अहमदको नाम पनि जोडियो


कोलकाता, १७ नोभेम्बर (हि.स.)। दिल्लीको लालकिला मेट्रो नजिक भएको भीषण विस्फोटको घटनामा अब पश्चिम बङ्गालको नदिया जिल्ला जेलमा बन्द सबीर अहमदको नाम पनि जोडिएको देखिएको छ। सबीर मादक पदार्थ तस्करीको आरोपमा जेलमा छ। राष्ट्रिय जांच एजेन्सीहरूले जेलमा रहँदा उनी कसरी राष्ट्रविरोधी गतिविधिहरूमा संलग्न रहे भन्नेबारे जांच गरिरहेका छन्।

केही दिनअघि दिल्लीमा भएको विस्फोटमा १३ जनाको मृत्यु भएको थियो। भारतीय जांच एजेन्सीहरूको भनाइअनुसार, यो घटनाको पछाडि आतङ्कवादी नेटवर्कको सक्रिय भूमिका रहेको छ। यो नेटवर्क धेरै सामाजिक सञ्जाल समूहहरू मार्फत सञ्चालन भइरहेको थियो र ती समूहहरूको मुख्य सञ्चालक शाहिन शाहिद थियो। यसै समूहमार्फत नदिया जिल्लाको पलाशीपाड़ा निवासी जेलमा बन्द सबीर अहमद पनि सक्रिय भएको खुलेको छ। उसले भारतविरोधी प्रचार र गतिविधिका लागि अन्य सदस्यहरूलाई प्रोत्साहित गरेको आरोप छ।

एसटीएफले १२ नोभेम्बर राति पलाशीपाड़ा थाना पुलिसको सहयोगमा सबीरका दाई फैजल अहमदलाई ठूलो नलदह इलाकाबाट नियन्त्रणमा लिएको थियो। पुलिसले उनलाई औपचारिक रूपमा पक्राउ गरिएको छ वा छैन भन्ने कुरा स्पष्ट गरेको छैन। यस कारबाहीपछि सबीरको दिल्ली विस्फोटसँगको सम्बन्धबारे खबर फैलिएको हो। यद्यपि, सबीरको परिवारले सबै आरोप अस्वीकार गरेको छ। स्थानीय बासिन्दा मिथुन शेखले भने, उनीहरू सबीर कुनै आतङ्कवादी संगठनसँग जोडिएको भन्ने कुरामा विश्वास गर्न सक्दैनन्।

कृष्णनगर पुलिस जिल्ला (ग्रामीण) का अतिरिक्त पुलिस अधीक्षक उत्तम घोषले भने, एसटीएफले केही दिनअघि सबीरका दाईलाई सोधपुछका लागि लगेका थिए। तर, आतङ्कवादी गतिविधिहरूमा उनको संलग्नताबारे टिप्पणी गर्न उनले अस्वीकार गरे। जांच जेन्सीहरूले अहिले यो पत्ता लगाउने प्रयास गरिरहेका छन् कि जेलमै रहँदा सबीरले कसरी सामाजिक सञ्जालमार्फत संदिग्ध गतिविधिहरूमा भाग लियो र विस्फोटको षड्यन्त्रमा उसको भूमिका कति गहिरो थियो।

---------------

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande