
नयाँ दिल्ली, 17 नोभेम्बर (हि.स.)। भारतको निर्वाचन आयोगले कन्नुरमा एक बूथ स्तरीय अधिकारीको आत्महत्यालाई विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रियासँग जोडिएको दाबीको खण्डन गरेको छ। जिल्ला निर्वाचन अधिकृतद्वारा जारी विज्ञप्ती अनुसार, पुलिस र प्रशासनको प्रारम्भिक अनुसन्धानमा एसआईआर र यो दुर्भाग्यपूर्ण मृत्युबीच कुनै सम्बन्ध स्थापित भएको छैन। आत्महत्याको कारण हालसम्म पत्ता लागेको छैन र यस विषयमा अनुसन्धान भइरहेको छ।
उल्लेखनीय छ, अनीश जर्ज (४५) कन्नुरको पाय्यान्नूर विधानसभा क्षेत्रअन्तर्गतका एक बूथका बीएलओ थिए। उनको नोभेम्बर १६ मा दुर्भाग्यपूर्ण र असमय मृत्यु भएको थियो। जिल्ला निर्वाचन अधिकृतका अनुसार, उनले आफूलाई दिइएका अधिकांश गणना फारमहरू वितरण गरिसकेका थिए। त्यस्तै, अधिकृतहरूसँगको संवाद वा भेटघाटमा कुनै तनाउ देखिएको थिएन।
पुलिसले पनि हालसम्म कुनै सुसाइड नोट वा अन्य कारण फेला पारेको छैन। घटना सम्बन्धी अनुसन्धान जारी छ र पुलिस अनुसन्धानको अन्तिम प्रतिवेदनपछि प्रशासनिक प्रतिवेदन सार्वजनिक गरिनेछ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी