
नयाँ दिल्ली, 17 नोभेम्बर (हि.स.)। भारतको केन्द्र सरकारले प्रिन्ट मिडियामा प्रकाशन हुने विज्ञापन दरमा २६ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ। दैनिक पत्रिकाहरू (एक लाख प्रतिहरू हुने) मा कालो र सेतो विज्ञापनका लागि वर्ग सेन्टिमिटरको दर ४७.४० रुपियाँबाट बढाएर अब ५९.६८ रुपियाँ पुर्याइएको छ। सरकारले रंगीन विज्ञापन तथा राम्रो स्थानका लागि प्रिमियम दर लागू गर्ने समितिको सिफारिसलाई पनि स्वीकृति दिएको छ।
सूचना तथा प्रसारण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार, प्रिन्ट मिडियामा सरकारी प्रचारका लागि प्रमुख निकाय, सेन्ट्रल ब्यूरो अफ कम्युनिकेशन (सीबीसी) ले सन् २०१९ जनवरी ९ मा आठौं दर संरचना समितिको सिफारिसका आधारमा दरहरू संशोधित गरेको थियो। ती दरहरू तीन वर्षका लागि मान्य थिए।
सरकारले सन् २०२१ नोभेम्बर ११ मा नवौं दर संरचना समिति गठन गरेको थियो, जसको उद्देश्य प्रिन्ट मिडिया विज्ञापनका नयाँ दरहरूबारे सिफारिस गर्नु थियो। समितिले २०२१ नोभेम्बरदेखि २०२३ अगस्तसम्म विभिन्न समाचारपत्र संस्था तथा सङ्घहरू जस्तै, इन्डियन न्यूजपेपर सोसाइटी, अल इण्डिया स्मल न्यूजपेपर एसोसिएशन, र स्मल-मिडियम-बिग न्यूजपेपर सोसाइटीसँग विस्तृत छलफल गरेको थियोमन्त्रालयले जनाए अनुसार, सरकारी विज्ञापन दरमा भएको वृद्धिले सरकारी सञ्चार रणनीति र प्रिन्ट मिडिया दुवैलाई फाइदा पुग्नेछ। विशेषगरी डिजिटल र अन्य माध्यमबाट भइरहेको प्रतिस्पर्धाबीच पत्रिकाहरूलाई सञ्चालनमा रहन र गुणस्तरीय पत्रकारिता कायम राख्न सहयोग पुग्नेछ। यसले स्थानीय समाचार कवरेज र जनहित पत्रकारितालाई बल मिल्नेछ, साथै मिडिया संस्थाहरूलाई राम्रो सामग्री निर्माणमा लगानी गर्न प्रेरणा मिल्नेछ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी