ममता ब्यानर्जीको स्वास्थ्य क्रान्तिः टेलिमेडिसिन प्लेटफर्मले बनायो नयाँ रेकर्ड
ममता ब्यानर्जीको स्वास्थ्य क्रान्तिः टेलिमेडिसिन प्लेटफर्मले बनायो नयाँ रेकर्ड


कोलकाता, 17 नोभेम्बर (हि. स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले सोमवार एक्स (पूर्वमा ट्विटर)-मा जानकारी गराइन्, राज्यको स्वास्थ्य सेवा प्रणालीले एउटा ठूलो माइल खुट्टी हासिल गरेको छ। राज्य सरकारको अनौठो पहल ‘स्वास्थ्यइंगित’-ले आज सात करोड़ टेली-परामर्शको आँकड़ा पार गरेको छ।

मुख्यमन्त्रीले बताइन्, यो पहल सुदूरवर्ती क्षेत्रहरूलाई उच्च स्तरीय स्वास्थ्य सुविधाहरूसित जोड़्ने महत्वपूर्ण माध्यम बनिसकेको छ। टेलिमेडिसिन आधारित यस सेवाको माध्यमबाट राज्यका 11 हजारभन्दा अधिक स्वास्थ्य एवं कल्याण केन्द्रहरू तथा 63 उच्च स्तरीय स्वास्थ्य हबबाट प्रतिदिन परामर्श उपलब्ध गराइँदैछ।

सरकारी आँकड़ा अनुसार स्वास्थ्यइंगितले प्रतिदिन 80 हजारभन्दा अधिक टेली-परामर्श प्रदान गर्दछ जसमा नौ हजारभन्दा अधिक डाक्टरहरू सामेल छन्। यस पहलले राज्यमा टिकाउ, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवाहरूलाई नयाँ स्तरमा पुऱ्याएको छ।

ममता ब्यानर्जीले आफ्नो पोस्टमा भनिन्, यो उपलब्धिले डिजीटल स्वास्थ्य सेवाहरूको विस्तार अनि मानिसहरूप्रति सरकारको प्रतिबद्धतालाई दर्शाउँछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande