
कोलकाता, 17 नोभेम्बर (हि.स.)। पश्चिम बंगालले ग्रामीण स्वास्थ्य सेवामा ठूलो उपलब्धि दर्ता गरेको छ। राज्यमा टेलिमेडिसिन सेवाको व्यापक सफलताले स्वास्थ्य व्यवस्थालाई नयाँ उचाईंमा पुऱ्याएको छ। यसै उपलब्धिलाई लिएर मुख्यमन्त्री ममता ब्यानर्जीले डाक्टर एवं स्वास्थ्यकर्मीहरूलाई बधाई दिएकी छन्।
मुख्यमन्त्री ममता ब्यानर्जीले सोमवार सोशल मीडिया प्लेटफर्म ‘एक्स’-मा लेखिन्, टेलिमेडिसिन सेवाले अहिलेसम्ममा सात करोड़ मानिसहरूलाई लाभ पुऱ्याइसकेको छ भने आगामी दिनमा यस सेवालाई अझ बढ़ी व्यापकता दिएर अधिकभन्दा अधिक नागरिकहरूसम्म पुऱ्याइनेछ।
वास्तवमा टेलिमेडिसिन सेवाको शुरुआत वर्ष 2020- मा कोरोना महामारी अवधि भएको थियो। मुख्यमन्त्री ममता ब्यनर्जीको पहलमा यो व्यवस्था लागू गरिएको थियो। ताकि लकडाउनमा ग्रामीण क्षेत्रहरूमा पनि सुचारू रूपमा चिकित्सा सुविधा उपलब्ध गराउन सकियोस्।
यस प्रणाली अन्तर्गत रोगीले भीडियो कलको माध्यमबाट डाक्टरहरूबाट परामर्श प्राप्त गर्दछन् अनि डाक्टरद्वारा पठाइएको परामर्श पत्र (प्रिस्क्रिप्शन)- को आधारमा रोगीहरूलाई आवश्यक औषधि उपलब्ध गराइन्छ।
कोरोना कालमा लाखौं मानिसहरूले यस सेवाबाट समयमै उपचार प्राप्त गरेर स्वस्थ जीवन पाए। आज यही सेवा राज्यको स्वास्थ्य व्यवस्थाको एक सशक्त स्तम्भ बनिसकेको छ साथै ठूलो उपलब्धिको रुपमा स्थापित भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा