
पटना, नोभेम्बर (हि.स.)। बिहारमा पश्चिम चम्पारण जिल्लाको लौरिया-बेतिया राष्ट्रिय राजमार्ग-227 निकट गए राति भएको एक सड़क दुर्घटनामा तीन जना मानिसहरूको मृत्यु भयो भने धेरै जना घाइते भए। दुर्घटना बिशुनपुरवा गाउँ नजिक भएको हो जहाँ एउटा द्रूत गतिको कारले सड़क किनारमा बसेका जन्तीहरूलाई पेल्यो।
स्थानीय मानिसहरूले बताए, ''नरकटियागञ्जको धूमनगरदेखि लौरियाको बिशुनपुरवामा जन्ती आएको थियो। सबै जन्तीहरू सड़क किनारमा बसेका थिए। सबैले बेहुलीलाई घरमै लैजाने तयारी गरिरहेका थिए। यसै अवधि एउटा द्रूत गतिको कारले अऩियन्त्रित भएर जन्तीहरूलाई कुच्यायो।
घटना यतिसाह्रो भयानक थियो कि घटनास्थलमा चित्कार-पुकारसँगसँगै कोलाहल मचियो। वरपरका मानिसहरू घटनास्थलमा आइपुगे, तर त्यसबेलासम्ममा तीनजनाको मृत्यु भइसकेको थियो। कार चालक भाग्न सफल भयो। पछि आक्रोशित मानिसहरूले उक्त ज्यानमारा कारलाई क्षतिग्रस्त बनाइदिए।
घटनाको सूचना पाउनसाथ स्थानीय पुलिस अनि डायल 112-को टीम घटनास्थलमा पुगेर राहत अनि बचाउ कार्यमा जुट्यो। घाइतेहरूलाई नजिकैको सीएचसीमा पठाइयो जहाँ केही मानिसहरूको अवस्था गम्भीर रहेको बताइएको छ जसलाई प्राथमिक उपचारपछि बेतिया जीएमसीएचमा रेफर गरिएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा