पूर्व मेदिनीपुरमा स्मार्ट मीटरको विरोध, उपभोक्ता सम्मेलनमा उठ्यो माग
पूर्व मेदिनीपुरमा स्मार्ट मीटरको विरोध, उपभोक्ता सम्मेलनमा उठ्यो माग


पूर्व मेदिनीपुर, 16 नोभेम्बर (हि.स.)। स्मार्ट मीटर हटाउने, फिक्स्ड चार्ज एवं न्यूनतम चार्ज समाप्त गर्ने, कानून अनुसार सुरक्षा जमा (सिक्योरिटी) निर्धारित गर्ने तथा त्यसमाथि ब्याज दिने मागलाई लिएर गए आइतवार साँझ पूर्व मेदिनीपुर जिल्लाको मारशिदा क्षेत्रमा विद्युत उपभोक्ता सम्मेलन आयोजना गरियो।कार्यक्रमको आयोजन अल बंगाल इलेक्ट्रिसिटी कन्ज्यूमर्स एसोसिएशन (एबीईसीए)- को मारिशदा कस्टमर केयर सेन्टर समितिद्वारा देवेन्द्र क्षेत्रको बहलिया समाज सेवा संघको मैदानमा गरियो।

सम्मेलनको अध्यक्षता निमाई जानाले गरेका थिए। सयजनाभन्दा अधिक उपभोक्ताहरूको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा संगठनको राज्य सम्पादक मण्डलका सदस्य नारायण चन्द्र नायक, जिल्ला समितिका सम्पादक मण्डल समितिका सदस्य सनातन गिरी तथा पञ्चानन दासले मुख्य वक्ताको रूपमा आ-आफ्नो विचार राखे।

आफ्नो सम्बोधनमा नारायण चन्द्र नायकले भने, उपभोक्ता आन्दोलनको दबावमा आएर राज्य विद्युत वितरण कम्पनीले हाल स्मार्ट मीटर जड़ान गर्नदेखि पछि हट्ने घोषणा गरेको छ, तर कुनै पनि समय यो प्रक्रियालाई पुनः शुरू गर्न सकिन्छ। त्यसैले उनले प्रत्येक गाउँमा उपभोक्ता प्रतिरोध समिति गठन गरी स्मार्ट मीटर जड़ान गर्ने सम्भावित व्यापक योजनाविरूद्ध संगठित प्रतिरोध उत्पन्न गर्ने आह्वान गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande