
कोलकाता, 17 नोभेम्बर (हि. स.)। आर.जी. कर मेडिकल कलेज एवं अस्पतालमा भएको वित्तीय अनियमितताहरूको मामिलामा पूर्व प्राचार्य सन्दीप घोषमाथि ईडीको लगाम अझ कसिनेवाला छ। प्रिभेन्शन अफ मनी लण्ड्रिंग एक्ट,2002-को धारा 50 अन्तर्गत उनको बयान दर्ता गर्ने अनुमति कोलकातास्थित ईडीको विशेष अदालतले दिएको छ। वर्तमानमा प्रेसिडेन्सी सुधारगृहमा थुनिएका सन्दीप घोषको बयान दर्ता गर्नको लागि ईडीले अदालतसित अनुमति मागेको थियो जसलाई स्वीकृत गरिएको छ। एकजना वरिष्ठ अधिकारीले सोमवार बताए, ईडीले आगामी 14 दिसम्बरमा बयान रेकर्डसित सम्बन्धित रिपोर्ट अदालतमा पेश गर्नेछ।
गत वर्ष 9 अगस्तमा आर.जी. कर अस्पतालमा एकजना महिला डाक्टरको शव भेटिएको थियो। उनको बलात्कार गरी हत्या गरिएको खुलासा भयो जुन मामिलामा एकजना सिभिक भोलन्टियर सञ्जय रायलाई दोषी ठहर गर्दै अदालतले आजीवन कारावासको सजाय सुनायो। हत्या-बलात्कार मामिलाको जाँच सीबीआईलाई सुम्पिइएपछि अस्पतालमा वित्तीय भ्रष्टाचारका आरोपहरूमाथि नयाँ शिराबाट कारबाही शुरू भयो। सन्दीप घोषको कार्यकालमा धेरै अनियमितताहरू भएको आरोप सामु आयो जुन विगत लामो समयदेखिकै दबिएको थियो। यस घटनापछि मामिला फेरि उजागार भयो। सीबीआईले वित्ती गड़बड़ीको मुद्दा दर्ता गरी जाँच शुरू गऱ्यो। सन्दीप घोषको घरमा छापा मारेर केही महत्वपूर्ण दस्तावेजहरू जफत गरियो।
सूत्र अनुसार ईडीको जाँचको घेराभित्र सन्दीप घोष अतिरिक्त अन्य अधिकारीहरू पनि परेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा