पश्चिम बंगालमा घट्नको सट्टा बढ़िरहेको छ तापमान, आगामी हप्तादेखि बढ़्नेछ चिसो
पश्चिम बंगालमा घट्नको सट्टा बढ़िरहेको छ तापमान, आगामी हप्तादेखि बढ़्नेछ चिसो


कोलकाता, 17 नोभेम्बर (हि.स.)। दिसम्बर महिना नजिकै आइसकेको छ जसले गर्दा सारा देशभरिनै जाड़ो हुन थालेको छ। तर पश्चिम बंगाल अहिले पनि कठ्याङ्ग्रिने चिसोदेखि टाड़ै छ। यहाँ तापमान घट्नको सट्टा सोमवार सामान्य वृद्धि दर्ता गरिएको छ। दक्षिण बंगालमा शीतको प्रभाव हाल थामिएको छ। सोमवार बिहान कोलकाता लगायत वरपरका जिल्लाहरूको तापमानमा सामान्य बढ़त दर्ता गरियो।अलिपुर मौसम विभागानुसार यो परिवर्तन पूर्वी हावाको प्रभावले गर्दा भएको हो र आगामी केही दिनसम्म यस्तै प्रकारको स्थिति रहने सम्भावना छ। यसले गर्दा शीत प्रेमीहरूको उत्साह घट्नु स्वभाविक हो।

मौसम विभागले बतायो, दक्षिण-पश्चिम बंगालको खाड़ीमा एक चक्रवातीय परिसंचरण विकास भएको छ जस कारण दक्षिण बंगालमा पश्चिमी शितल हावाको प्रभाव घट्नेछ अनि त्यसको स्थानमा पूर्वी हावा बग्नेछ। यसको साथै समुद्रबाट जलवाष्पको प्रवाह पनि बढ़्नेछ। विभागको अनुमानमा मंगलवारदेखि दक्षिण बंगालमा तापमान दुई-तीन डिग्री बढ़्नसक्छ। तथापि राती र बिहान हल्का चिसोपन यथावत रहनेछ। कोलकातामा पछिल्लो केही दिनदेखिको शीतको प्रभाव महसूस गरिँदैथ्यो जुन अब कमजोर भएको देखिँदैछ।

सोमवारदेखि हावाको दिशा परिवर्तन हुने संकेत प्राप्त भइसकेको छ। मंगलवारसम्म कोलकातामा रातको तापमान 19-20 सेल्सियसबीच रहन सक्छ। तापमान बढ़्नको साथै कुहिरो पनि घना हुनेछ। जिल्लामा बिहान घना कुहिरो छाउने सम्भावना छ। दिउँसो हल्का गर्मी र आद्रताजनित असहजता व्याप्त रहनेछ। उत्तर बंगालको तापमानमा पनि वृद्धि देखिएको छ साथै कुहिरोको प्रभाव जारी रहनेछ। पार्वतीय क्षेत्रहरूमा बिहान दृश्यता कम रहने चेताउनी जारी गरिएको छ तथापि वर्षा हुने कुनै सम्भावना छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande