आगलागीमा तीन वटा दोकान जलेर स्वाहा
आगलागीमा तीन वटा दोकान जलेर स्वाहा


सिलगढ़ी, 17 नोभेम्बर (हि. स)। शहरको माटीगाड़ा क्षेत्रमा सोमवार बिहान आगो लागेर तीन वटा दोकानहरू जलेर खरानीमा परिणत भएको छ। घटनाको कारणले क्षेत्रमा कोकोहोलो मचियो। आगोले एउटा दोकानलाई आंशिक रूपमा क्षति पुऱ्याएको छ।

स्थानीय मानिसहरूले बताए, बिहान माटीगाड़ा पाँचकलगुड़ीको एउटा दोकानमा अचानक आगो बल्दै गरेको देखियो। यसको सूचना दमकल केन्द्रलाई दिइयो। सूचना पाउनसाथ दमकल विभागको एउटा इञ्जिन घटनास्थलमा आइपुग्यो अनि स्थानीय मानिसहरूको सहयोगले आगोलाई नियन्त्रण गऱ्यो। तथापि त्यसबेलासम्ममा तीन वटा दोकान जलेर खरानी भइसकेको थियो। यो समाचार लेखुञ्जेलसम्म आगलागीको कारण पत्तो लाग्न सकेको थिएऩ। दमकल विभाग सम्पूर्ण घटनाको जाँचमा जुटेको छ।

स्थानीय मानिसहरूको भनाइ छ, यदि समयमै आगोलाई ननिभाएको भए अझ ठूलो नोक्सान हुनसक्थ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande