रक्तदान शिविरलाई लिएर तनाउ, भांगड़मा तृणमूल-आईएसएफको संघर्ष
रक्तदान शिविरलाई लिएर तनाउ, भांगड़मा तृणमूल-आईएसएफको संघर्ष


भांगड़, 17 नोभेम्बर (हि.स.)। दक्षिण 24 परगनाको भांगड़ क्षेत्रमा गए आइतवार साँझ फेरि एकपटक गोलीकाण्ड भएपछि सारा क्षेत्रमा तनाउ व्याप्त भएको छ। आरोप छ, रक्तदान शिविरको तयारीलाई लिएर तृणमूल कंग्रेस र आईएसएफ कार्यकर्ताहरूबीच पोलेरहाट क्षेत्रमा झड़प भयो जसावधि गोली पनि चल्यो। स्थितिलाई नियन्त्रण गर्नको लागि भारी मात्रामा पुलिस बललाई तैनाथ गरिएको छ। स्थानीय मानिसहरूमाझ सन्त्राष फैलिएको छ।

जानकारी अनुसार आगामी 23 नोभेम्बरको दिन भांगड़को पाकापोल–छयानी क्षेत्रमा आईएसएफद्वारा एक रक्तदान शिविर आयोजना गरिँदैछ। यसै कार्यक्रमको तयारी अन्तर्गत गए आइतवार साँझ आईएसएफ कार्यकर्ताहरूले नौशाद सिद्दीकीको तस्वीर भएको प्रवेशद्वार (गेट) बनाइरहेका थिए। यसै अवधि विवाद शुरु भयो। आरोप छ, तृणमूल समर्थित केही असामाजिक तत्वहरूले त्यहाँ पुगेर आईएसएफ कार्यकर्ताहरूमाथि हमला गर्नथाले जसको परिणामस्वरूप स्थिति बिग्रियो अनि कथित रूपमा गोली चल्यो।

सूचना पाउनसाथ पोलेरहाट थानाबाट भारी मात्रामा पुलिस बलले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गऱ्यो। वर्तमानमा क्षेत्रमा पुलिस पिकेट तैनाथ छ साथै निगरानी पनि बढ़ाइएको छ।

तृणमूल विधायक शौकत मोल्लाले आरोप लगाएका छन्, अराजकताबीच गोली आईएसएफ कार्यकर्ताहरूले चलाए। अर्कोतिर आईएसएफको आरोप छ, उनीहरूको वाहनमा तोड़फोड़ गरियो साथै हमला पनि। पुलिसले दुवै पक्षका आरोपहरूको जाँच गरिरहेको छ।

भांगड़ पहिला पनि कैयौं पटक राजनीतिक हिंसा अनि गोलीकाण्डको केन्द्र रहिसकेको छ। विधानसभा चुनाउ नजिकिनसाथ क्षेत्रमा बढ़्दो अशान्तिले स्थानीय नागरिकहरूको चिन्ता अनि भयलाई अझ बढ़ाइदिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande