इम्फाल वेस्टबाट दुई उग्रवादी पक्राउ
इम्फाल वेस्टबाट दुई उग्रवादी पक्राउ


इम्फाल, 16 नोभेम्बर (हि.स.)। सुरक्षा बलहरूले आइतवार जिल्लाका विभिन्न क्षेत्रहरूमा संचालित अभियानको क्रममा दुई जना उग्रवादीहरूलाई पक्राउ गरे जो असुली सहित विविध गैरकानूनी गतिविधिहरूमा लिप्त थिए।

पहिलो अभियानमा सुरक्षा बलहरूले एनएलएफ (पी)- का क्याडर नोंगमैथेम विद्याशागर सिंह उपनाम कापचाओबा (24)-लाई पटसोई थाना अन्तर्गत खुंबोंग आवंग लाइकाईस्थित उसको घरबाट पक्राउ गरे। आरोप छ, उसले जिरीबाम–इम्फाल रोडमा ट्रक चालकहरूलाई धम्काएर उनीहरूको दस्तावेज र चाबी थुतेर असुली गर्दै आइरेहको थियो।

दोस्रो कारबाहीमा सुरक्षा बलहरूले प्रीपाक (प्रो)- का क्याडर खुरैजाम श्याम सिंह उपनाम मंगल (37)-लाई लाइरेन्साजिक ममंग लाइकाईस्थित उसको घरबाट पक्राउ गरे। अधिकारीहरू अनुसार उसले उपत्याका क्षेत्रमा असुली बाहेक महिलाहरूसित जोड़िएका अपराधहरूको मामिलामा अवैध रूपमा सम्झौता-मध्यस्थता गर्दथ्यो। उबाट एउटा मोबाइल फोन जफत गरिएको छ। पुलिसले दुवै आरोपीलाई जाँचबुझ गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande