
नयाँ दिल्ली, 17 नोभेम्बर (हि.स.)। राष्ट्रिय गीत वन्दे मातरमको 150औं वर्षगाँठलाई सारा देशमा आगामी एक वर्षसम्म स्मरणोत्सवको रूपमा मनाइँदैछ। यसै क्रममा दिल्ली विश्वविद्यालय अधिनस्थ सबै महाविद्यालयहरूले पनि विविध कार्यक्रमहरू आयोजना गरिरहेका छन्। सोमवार दयाल सिंह महाविद्यालय (सांध्य)- मा राष्ट्रिय गीत वन्दे मातरम् गायन उत्सवको आयोजन गरियो।
कार्यक्रममा दिल्ली विश्वविद्यालयका कुलपति प्रो. योगेश सिंह, विश्वाविद्यालयका डीन अफ कलेजेज प्रो. बलराम पाणी एवं रजिस्ट्रर डा. विकास गुप्ता, महाविद्यालयका चेयरम्यान प्रो. डी. एस. चौहान औ प्राचार्या प्रो. भावना पाण्डेयले आ-आफ्नो विचार प्रस्तुत गरे।
यस अवसरमा प्रो. योगेश सिंहले भने, वन्दे मातरम् भारतको राष्ट्रिय चेतना, सांस्कृतिक गौरव एवं देशभक्तिको उत्कर्षको प्रतीक हो। यो एक का लजयी कृति हो जसको भारतीय इतिहासमा अप्रतिम महत्व छ। उनले बताए, वन्दे मातरम 150 वर्ष पूरा हुनु एक उत्सव मात्र होइन, यसको ऐतिहासिक योगदानलाई सम्मान गर्ने एक राष्ट्रिय पहल पनि हो।
प्रो. सिंहले भने, बंकिमचन्द्र चट्टोपाध्यायलाई स्मरण गर्नुपर्छ जसको यस रचनाले सम्पूर्ण देशमा स्वतन्त्रता आन्दोलनमा क्रान्तिको ज्वाला प्रज्जवलित गऱ्यो। उनले राष्ट्र गीतको ऐतिहासिक पृष्ठभूमि र त्यसको प्रभावमाथि पनि विस्तारपूर्वक प्रकाश पारे।
प्राचार्या प्रो. भावना पाण्डेयले महाविद्यालयको गौरवशाली अतीतको उल्लेख गर्दै वन्दे मातरममा निहित राष्ट्रप्रेमको भावनालाई आफ्ना शब्दहरूमा अभिव्यक्त गरिन्। महाविद्यालयकेा चेयरम्यान प्रो. डी. एस. चौहानले पनि राष्ट्रिय गीतको महत्व र स्वतन्त्रता आन्लोदनमा राष्ट्रिय चेतना जागृत गर्नमा त्यसको महत्वपूर्ण भूमिकामाथि प्रकाश पारे। कार्यक्रममा दयाल सिंह महाविद्यालय (प्रात:)- का प्राचार्य प्रो. वी. के पालीवाल पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा