
नयाँ दिल्ली, 17 नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले सऊदी अरबको मदीना-मक्का राजमार्गमा भएको दुर्घटनामा भारतीय तीर्थयात्रीहरूको मृत्युमा गहिरो शोक व्यक्त गरेका छन्।
प्रधानमन्त्रीले सोशल मीडियामा आफ्नो सन्देशमा भऩे, मदीनामा भारतीय नागरिकहरूसित भएको दुर्घटनाले मलाई गहिरो दुःख लागेको छ। ती परिवारहरू, जसले आफ्ना प्रियजनहरूलाई गुमाएका छन्, उनीहरूसित मेरो समवेदना छ। म सबै घाइतेहरू शीघ्र स्वस्थ हुने कामना गर्दछु। रियाद स्थित हाम्रो दूतावास र जेद्दा स्थित वाणिज्य दूतावासले हरसम्भव सहायता प्रदान गरिरहेको छ। हाम्रा अधिकारी सऊदी अरबका अधिकारीहरूको साथ पनि निरन्तर सम्पर्कमा छन्।
अल्पसंख्यक कार्य मन्त्री किरेन रिजिजूले एक्स पोस्टमा भनेका छन्, मदीना-मक्का राजमार्गमा भएको दुःखद बस दुर्घटनाको खबरले म स्तब्ध र अत्यन्त दुःखी छु, जसमा धेरै भारतीय तीर्थयात्रीहरूको ज्यान गएको छ। भारत सरकार सऊदी अरब स्थित आफ्नो दूतावासको सम्पर्कमा छ। दूतावासका अधिकारीले स्थानीय प्रशासनबाट जानकारी जुटाइरहेका छन् र प्रभावित भारतीयहरू एवं उनका परिजनहरूलाई हर सम्भव सहायता प्रदान गरिँदैछ। शोक संतप्त परिवारहरूप्रति मेरो हार्दिक समवेदना। ईश्वरले यस कठिन समयमा उनीहरूलाई शक्ति प्रदान गरून्।
उनले सऊदी अरबमा रहेका भारतीय नागरिकहरू र तीर्थायात्रीहरूको सुविधाको निम्ति टोल फ्री हेल्पलाइन नम्बर साझा गरे। नम्बर यस प्रकार छ- 8002440003, 0122614093, 0126614276 तथा 0556122301 (व्हाट्सएप)। सरकारले भनेको छ, सबै सम्बन्धित एजेन्सीहरूले स्थितिमाथि नजीकबाट नजर राखिरहेका छन् र सहयोग कार्य द्रूत गतिमा जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी