विधानसभा चुनाउ-2026 पूर्व अभिषेक ब्यनर्जी उत्तर बंगालको भ्रमणमा जाने
विधानसभा चुनाउ-2026 पूर्व अभिषेक ब्यनर्जी उत्तर बंगालको भ्रमणमा जाने


कोलकाता, 18 नोभेम्बर (हि.स.)। तृणमूल कंग्रेसका राष्ट्रिय महासचिव एवं लाेकसभा सांसद अभिषेक ब्यनर्जीले नोभेम्बरको अन्तमा उत्तर बंगालका जिल्लाहरूको भ्रमण गर्ने भएका छन्। उनको यो भ्रमणलाई विधानसभा चुनाउ-2026 लाई लिएर पार्टीको तयारीको सन्दर्भमा महत्वपूर्ण मानिंदैछ। पार्टीका एकजना वरिष्ठ पदाधिकारी अनुसार ब्यनर्जीले आफ्नो कार्यक्रम आगामी 25 नोभेम्बरदेखि कुचबिहारबाट शुरू गर्नेछन्, त्यसपछि अलिपुरद्वार, जलपाईगुड़ी तथा उत्तर दिनाजपुर सहित केही जिल्लाहरूमा विभिन्न बैठक एवं निरीक्षणहरूमा भाग लिनेछन्।

अभिषेक ब्यनर्जीले यस अवधि मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रियाको प्रगतिको समीक्षा गर्नको साथै प्रत्येक विधानसभा क्षेत्रमा बनाइएको वार रूम तथा पार्टी क्याम्पहरूको कार्यशैलीको निरीक्षण पनि गर्नेछन्। पार्टी नेतृत्वको भनाइ छ, उनले जिल्ला स्तरका पदाधिकारीहरूसित विस्तृत चर्चा गरी चुनावी रणनीतिलाई अझ सशक्त बनाउनेमाथि बल दिनेछन्।

सूत्र मुताविक पार्टीको बूथ स्तरीय एजेन्टले मतदाता सूचीसित सम्बन्दित फारम भर्नमा जनतालाई सहयोग गरिरहेको छ। यो कार्य आरम्भ हुनपूर्व अभिषेक ब्यनर्जीले भर्चुअल बैठकमा स्पष्ट निर्देश दिएका थिए, राज्यभरि बनाइएको 6200 क्याम्पहरूमा पार्टी कार्यकर्ताले लगातार आम मानिसहरूलाई सहयोग गर्नेछन्। त्यसैले उनले आफ्नो भ्रमण कालमा वार रूम र क्याम्पहरूमा पुगेर कार्यकर्ताहरूसित सोझै बातचित गर्नेछन् अनि आवश्यक निर्देश दिनेछन्। सबै जिल्लाहरूको अलग-अलग रिपोर्ट तयार गर्ने योजना छ।

यस अतिरिक्त यो अड़कल पनि तीव्र भएको छ, विधानसभा चुनाउपूर्व युवाहरूलाई जोड़्ने जस्तो व्यापक जनसम्पर्क अभियानको नयाँ संस्करण शुरू गर्न सक्छ। भनिन्छ, अभिषेक ब्यनर्जीले यस अभियानको घोषणा उत्तर बंगाल भ्रमण अवधि गर्न सक्नेछन्। वर्ष 2023-मा संचालित ‘तृणमूले नब ज्वार’ अभियान दुई महिनाभन्दा अधिक समयसम्म चलेको थियो जसले वर्ष 2024-को लोकसभा चुनाउमा तृणमूल कंग्रेसलाई उल्लेखनीय सफलता दिलाउनमा यसको महत्वपूर्ण भूमिका रहेको थियो।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande