
कुल्लू, 18 नोभेम्बर (हि.स.)। थाना मनाली अन्तर्गत पुलिसले गौ तस्करीको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरेको छ। यो मामिला त्यस समय अघि आय़ो जब पुलिस कन्ट्रोल रूम कुल्लूमा सूचना प्राप्त भयो कि हरियाणा नम्बरको ट्रकमा गाईहरू रहेको सम्भावना छ जुन मनालीतिर गइरहेको छ। सूचना पाउनसाथ मनाली पुलिसद्वारा बुद्धा चौक निकट नाका लगाइयो।
पुलिसद्वारा अगाड़ीबाट आइऱहेको ट्रक एचआर 58ई-4982 लाई जाँचको निम्ति रोक्नु भनियो तर चालकले ट्रकलाई तीव्र गतिमा अगाड़ी लग्यो। त्यसपछि जल शक्ति विभाग कार्यालय रेस्ट हाउस निकट वाहनलाई रोकेर जाँच गरियो, जहाँ ट्रकमा परालमुनिबाट 5 गाई एवं 6 गोरू जीवित पाइयो।
पुलिस अधीक्षक मदन लालले बताए, ट्रक चालकको पहिचान शौयब अली निवासी सहारनपुर (उ.प्र.) तथा परिचालकको पहिचान अब्दुल वाहिद निवासी सहारनपुर (उ.प्र.) को रूपमा गरिएको छ। यस सन्दर्भमा उपरोक्त दुई विरूद्ध पुलिस थाना मनालीमा धारा 11 पशु क्रूरता निवारण अधिनियम 1960 एवं धारा 8 हिमाचल प्रदेश गौ-वध निषेध अधिनियम 1979 अन्तर्गत मामिला दर्ता गरिएको छ। अभियोगको आगामी अन्वेषण प्रक्रिया जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी